आरोपप्रत्यारोपमा ओर्लिए कांग्रेसका मन्त्री–सांसद, मन्त्रीले पैसा खाएको बजगाईंको दाबी

काठमाडाैं ।
यतिबेला संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं नेपाली कांग्रेसका सांसद बद्री प्रसाद पाण्डेको पद धरापमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरिरहेको चर्चाका बेला कार्य सम्पादनमा कमजोर देखिएका मन्त्री पाण्डेलाई फिर्ता पठाउने तयारी ओलीले गरेका हुन् ।पार्टी र समूहको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै कांग्रेसबाटै उनलाई पदबाट हटाउन दबाब आएको बताइएको छ । त्यसको पुष्टि सोही पार्टीका सांसद राजेन्द्र बजगाईंले मन्त्री पाण्डेविरुद्ध गरिरहेको विषवमनले गर्छ ।केहीदिन अघि महंगो हवाइ भाडाविरुद्ध प्रदर्शन गर्दै पर्यटनमन्त्री पाण्डेको क्षमतामाथि प्रश्न उठाएका सांसद बजगाईंले मंगलबार मन्त्री पाण्डेमाथि रकम लिएर क्यासिनोको लाइसेन्स बाँडेको दाबी गरेका थिए । सांसद बजगाईंले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालनको इजाजतपत्र दिँदा घुस लिएको आरोप लगाएका थिए ।
सामाजिक सञ्जालमार्फत उक्त अनुमतिपत्र सार्वजनिक गर्दै बजगाईंले लेखेका थिए, ‘एक क्यासिनो संचालकले हामिहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे । दृष्टान्तः मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देश गर्यों उपरोक्त नेताले त्यो पैसा फÞिर्ता पठायो । मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थे सभापति र वहाँको परिवारले दिएनन् भन्दै हिँड्छ, यो झुट हो किनभने सभापति गृह परराष्ट्रमन्त्री आफैँ क्यान छुट्याउने विषयमा आफैँ प्रधानमन्त्रीलाई ब्रिफ गर्दैगरेको १५ औं सांसद साक्षी छौँ ।’यसरी कांग्रेसको आफ्नै समुहका सांसदले लगाएको आरोपको मन्त्री पाण्डेले पनि खण्डन गरिसकेका छन् । उनले मंगलबार नै एक कार्यक्रममा बोल्दै इमानदार भएर काम गर्न खोज्नेहरुलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजिएको दाबी गरेका थिए ।‘मैले तीन/चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिहँदा केही स्वार्थ समूहका मतियारले मलाई मानमर्दन गर्ने, मेरो मनोबल, आत्मबल गिराउने गरी काम गरिरहेका छन् । करोड त के कौडी खाएको खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोकाअगाडि आएर मेरो राजनीतिक जीवन परित्याग गर्ने प्रतिज्ञा गर्न चाहन्छु’ बजगाईंतर्फ इङिगत गर्दै उनले भनेका थिए ।त्यसैबीच बद्री पाण्डेमाथि घुस लिएर रोयल टाइगर रिक्रिएसन प्रालिलाई क्यासिनो सञ्चालन गर्न दिएको भन्दै बजगाईंले आरोप लगाएपछि सोही रिसोर्टले आपत्ति जनाएको छ । हिमालयन टाइगर इन्भेस्टमेन्ट ग्रुपका अध्यक्ष बुद्धिसागर सुबेदीले विज्ञप्तिमार्फत दुई सांसद–मन्त्रीबीचको विवादमा आफूलाई तानेर भ्रामक समाचार आएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले नेपालको प्रचलित कानुनअनुसार करिब ५५ करोडभन्दा बढी सरकारी राजस्व तिरेर टाइगर प्यालेस रिसोर्ट र क्यासिनो पूर्ण सञ्चालनमा ल्याइएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘टाइगर प्यालेस रिसोर्ट र क्यासिनो सुचारु भइरहँदा नेपाल सरकारका पर्यटन मन्त्रीलाई समेत जोडेर विभिन्न भ्रामक समाचारहरु सार्वजनिक भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ अध्यक्ष सुबेदीको भनाईपछि सांसद राजेन्द्र बजगाईंले सो आरोप लगाइएको ‘विवादित’ फेसबुक पोेस्ट हटाएका छन् ।स्रोतका अनुसार राजेन्द्र बजगाईंले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्न यसैगरी अनेक उपाय अपनाइरहेका छन् । व्यापारिक पृष्ठभूमिका उनीमाथि पैसा दिएर चुनावमा टिकट लिएको र पैसा खर्च गरेरै चुनाव जितेको पनि त्यतिबेला आरोप लागेको थियो । तर, सो आरोप पुष्टि भने हुन सकेन ।पहिले एउटा क्यासिनोको बक्यौता नतिरेर विवादित बनेका सांसद बजगाईंले आहिले क्यासिनोकै विषयमा मन्त्री पाण्डेलाई विवादमा तानेर मन्त्रालय हत्याउने योजना बुनेका हुन् । उनले मन्त्री बन्न १५ करोड खर्च गर्ने भन्दै आफूनिकटका व्यक्तिहरुलाई भनिरहेको बताइएको छ । उनले १० करोड कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी परराष्ट्रमन्त्री आरजु देउवालाई र ५ करोड प्रधानमन्त्री केपी शर्मालाई बुझाएर मन्त्री बद्री पाण्डेलाई हटाइछाड्ने भनिरहेका बताइएको छ ।यस्तै उनले नेपाली आकाश असुरक्षित रहेको भन्दै सामाजिक सञ्जालमा तारान्तार पोष्ट गर्ने गरेका थिए । उनको समुह नेपालको हवाई क्षेत्र असुरक्षित भन्दै अन्तर्राष्ट्रिय स्तरमै बदनाम गर्न सक्रिय छ । आफ्ना निकटका व्यक्ति र कम्पनीलाई ‘एसियन एभियसन’को जनरल सेल्स एजेन्ट नबनाइएको भन्दै उनी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का विरुद्धमा पनि लागेका थिए ।त्यसयता उनी नेपाली आकाशबारे विश्वमै बदनाम हुने गरेर बाह्य पर्यटकलाई भडकाउने कार्यमासमेत सक्रिय छन् ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_aHVi5dfTqQ_3ijh2mtwkvx46xveogawir0teqici7ssnwdkcbuzfaxeyc5obf6pq5qxmlao.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_E6CEmvi3TH_p0mlfj1pxvpstazmv6mqddythisdcm7zyr9jzemkcpjfe5adu0y58mhfmazy.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_Q2tziRRiy1_qhwtcre07k6rcgrrdldh3x4uspt8bj9u1ebwzlkihrw9xfsfpxk9tltkfmsx.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_AsCr01yXhS_5zatkkhaezykwabeumzc5srybmcyi3qw5kwmia19vzaviwlzzpfkvijrh3w0.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_IKmyyZn0xx_kztm2il7iatha7zrk8uvwtryfdskg9cexpwbpqnbxhy71qj9txytcrjplc1r.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_svY2m2tow3_mqthzoi0hbpazkwmluit0umyp8u5obecquuy4hf77hckxebwe0xon6o6cuia.jpg)
प्रतिक्रिया