१५ दिनभित्र विद्युतको बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन काट्छौँ : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युतको बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् ।
बुधवार रत्नपार्कस्थित प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफू देशमा औद्योगिक वातावरण हुनुपर्छ, उद्योग स्थापना हुनुपर्छ भन्ने कुरामा दृढ रहेको बताए ।पत्रकार सम्मेलनमा घिसिङले उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट पारेका हुन् ।
उनले भने, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’
हामीले उद्योग बढाउन प्राथमिकता दिएका छौँ । उद्योगका साथीहरू बक्यौता तिर्नेभन्दा विवादित बनाउने र राजनीतिकरण गर्ने काममा लाग्नु भएको छ’, उनले भने, ‘जुनबेला लाइन काटिन्छ अनि हल्ला सुरु हुन्छ । उद्योगले जति पनि उत्पादन गरेको हुन्छन्, कम्तीमा पनि एक महिनालाई पुग्ने हुन्छ । कुनै पनि उद्योग पूरा क्षमतामा चलेको हुँदैन । उहाँहरूको सामान जबसम्म विक्री हुन्न तबसम्म लाइन जोड्न आउनु हुन्न । तर सामान बिकिसकेपछि हल्ला सुरु हुन्छ ।’
उनले सामान बेचिसकेपछि उद्योगीहरू बेरोजगारी बढायो, उद्योग बन्द गरायो, नेपालको अर्थतन्त्र तहसनहस गरायो भनेर ‘इमोशनल ब्यालकमेलिङ’ गर्ने काममा लाग्ने गरेको बताए ।
‘ब्यापारी, उद्योगीको इमोशनल ब्ल्याकमेलिङले सरकारलाई दबाब बढाउँछ । सरकारले उद्योगीलाई हेर्नुपर्छ तर उद्योगीले तिर्नुपर्ने रकम तिर्नुपर्छ’, उनले भने, ‘बक्यौता असुली गरेर, हामीले ठूलो राजस्व उठाई नाफा कमाएको भन्ने आरोप लागेको छ। जुन बेला १७/१८ घण्टा लोडसेडिङ थियो, त्यसबेला सर्वसाधारणभन्दा धेरै बिजुली चलाएर फाइदा लिँदा पनि उद्योगीले बक्यौता तिर्दिनँ भन्नु गलत हो ।’

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_QG4Q2rBDVS_l95g6csbb0zt6kggtfwkkfnnlxmjflqmabtfk6qqd3mo9zzyjjwwwdywwpas.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_DjNjvOhbnu_k7holwx6j97yvptvr0mjovqcaay8nwkusjd4vv7i21ne9hdzkc549wysoxoo.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_YX7szNs7xL_cpoyffn9jpqx2adpsfpeulq77ghl18z5oh1gviorknuxycy5zeccutpp5enr.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_DK5rD0PCec_ytxxp3z9glk27z5wslpnp7hv1fgn9k6kdvek5o2u60x7fatafxojigea9kfy.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_rX5490Bhpv_qvx7byp63z5lmjidvqnsjluaagrfv74twecx3jgtp4lpqckralsjbju2zroc.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया