निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने गोरखाका नवराज अर्याल पक्राउ

काठमाडौं । कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने गोरखाका नवराज अर्याल पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए । गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको बोगटीको भनाइ छ ।
‘अर्यालले टेलिभिजनमा भनेजस्तो निर्मला हत्या प्रकरणबारे कुनै तथ्य दिन नसकेको र समाजमा भ्रम सृजना गर्ने उदेश्यले मात्रै बालेको देखिएको छ । हामीले मंगलबार सोधपुछ गर्दा र आज (बुधबार) बोलाउँदा समेत भाग्ने प्रयास गरेपछि पक्राउ गरेका हौँ,’ एसपी बोगटीले भने ।अर्यालले प्राइम टाइम टेलिभिजनका सञ्चालक ऋषि धमलासँग सोमबार ‘जनता जान्न चाहन्छ’ भन्ने कार्यक्रममा अन्तर्वार्ता दिँदै निर्मलाका हत्यारालाई कानुनी कठघरामा ल्याउनुपर्ने र आफ्नो सुरक्षाको ग्यारेन्टी गरे बलात्कारका आरोपीबारे सूचना दिने बताएका थिए ।
तीनजनाको समूहले निर्मलाको बलात्कार गरेको उनको दाबी थियो । तर, सीआईको सोधपुछमा भने उनी कञ्चनपुर एकपल्ट मात्रै पुगेको र घटनास्थलभन्दा करिब २० किलोमिटर टाढा मात्रै पुगेको खुलेको छ ।निर्मलाको २०७५ साउनमा १० मा बलात्कारपछि हत्या भएको थियो । नवराजसँग अन्तर्वार्ता लिने ऋषि धमलामाथि समेत सीआईबीले सोधपुछ गरेको छ ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_3vL0MwDMT3_ercuq3tt6lmjsv8nf59qp7qe5vmk5lc3vimtwcowvtx5wf2f6wpgncc0cwal.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_Xcjo0Jq8Xa_zpknre7nvypzr00yfetbhkunvnymm1jevl21eowrtjyppkzvnciqbisdd7lf.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_J46K43egDK_je0dfdg7waffhqqohq81lnn62qbp4s9natb9uyzqqadihdedbjvfaamnaoet.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_VESEaQXI6K_kncgcpnfep3qleylvcfu4cv5mihtuxguyltgs1ib55vxt5w46t64fdsym8tn.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_C5o1M9mynN_vgaimcur51u7hxc3y5ipwurkhagqzej72et9jc33zgtcsgqpipige1fhzayd.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_H1NrDHneX0_g7fxj4ufptdmexyk6cpqbfaecvkstoifjrs0hclhgyts8w9kzcbwzkkbwuzp.jpg)
प्रतिक्रिया