जनकपुर पुग्यो कांग्रेस युवा नेताको संकल्प यात्रा

काठमाडौं ।
शुक्रबारबाट सुरु भएको युवा संकल्प यात्रा जनकपुर पुगेको छ ।
नेपाली कांग्रेसका युवा नेताहरूले भ्रष्टाचार उन्मुलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न एजेन्डाहरूमा केन्द्रीत रही शुक्रबार झापा जिल्लाको मेचीनगरबाटबाट सुरु भएको युवा संकल्प यात्रा आज (सोमबार) जनकपुर पुगेको छ ।
कांग्रेस नेता भूपेन्द्रजंग शाहीलगायतको समन्वयमा युवा मेचीनगरबाट सुरु भएर महनेन्द्रनगरमा अन्त्य हुने संकल्प यात्रालाई धनुषा जिल्ला काग्रेस पार्टी सभापति योगेन्द्र पंजियारको अध्यक्षतामा सञ्चालन भएको छ ।
कार्यक्रममा कांग्रेस नेता रन्जित कर्ण, भुपेन्द्रजंग शाही, प्रेमिका राना मगरलगायत र पूर्वसांसद दिनेश प्रसाईलगायत पार्टीका जिल्ला नेताहरुका साथै नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण दल, नेपाल विद्यार्थी संघका जिल्ला नेताहरुको उपस्थिति रहेको छ ।
उक्त अवसरमा संकल्प यात्राका समन्वयकर्ता युवा नेता भूपेन्द्र जंग शाहीले आफूहरुले देशमा व्याप्त रहेको भ्रष्टाचारको उन्मुलनलगायतका विभिन्न एजेन्डाहरूमा केन्द्रित रहेर पूर्व—पश्चिम संकल्प यात्रा सुरु गरेको जनाए । उक्त अवसरमा नेता शाहीले सरकार नागरिकमैत्री हुनुपर्ने, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत दिनुपर्ने, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने पनि जनाए ।
यात्रा नेपालको सुदूरपश्चिम कञ्चनपुरको महेन्द्रनगरसम्म पुगेर सकिने जनाइएको छ ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_x4JH8fdqxe_7l3awjdb2dlnm7u7zb3ktmbhthxp7aixc5ijg0w9rjjvnul2kekjvnomklpk.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_E6CEmvi3TH_p0mlfj1pxvpstazmv6mqddythisdcm7zyr9jzemkcpjfe5adu0y58mhfmazy.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_fBSJePKaHI_5e0w2woxkuxontuuj28nuw5pxlgz2vdcbmngflsijnxpth83mdsp7zfnn1jg.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_AsCr01yXhS_5zatkkhaezykwabeumzc5srybmcyi3qw5kwmia19vzaviwlzzpfkvijrh3w0.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_IMoHsNhqtg_mehdijwwyrvvlafiwg5f52blt4mui53jjjkvon5zjrb6pvwcj7temqz5zuuj.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_MHL18LJflh_g8wa9quz54hzrlpcd4cxxs1cym9oqlhoi09z5fcpjgvfebbsce9osmnzzfft.jpg)
प्रतिक्रिया