भक्तपुरकै ठूलो राशीको ‘हाफकोर्ट’ बास्केटवल प्रतियोगिता कार्तिक १० गते हुने

भक्तपुर ।
यही कार्तिक १० गते भक्तपुरकै ठूलो राशीको ‘हाफकोर्ट’ बास्केटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सबै तयारी पूरा भएसँगै प्रतियोगितामा भक्तपुर र काभ्रे जिल्लाका प्रतियोगिहरुले सहभागिता जनाउन पाउने आयोजक विकास संरक्षण तथा प्रवद्र्धन समिति गुण्डूले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेतालाई ५० हजार, उपविजेतालाई २० हजार र उत्कृष्ट खेलाडीलाई पाँच हजार पुरस्कार रहेको समितिका संयोजक दिनेश थापाले जानकारी दिए । शनिबार विहान ७ बजे हुने प्रतियोगिता शुरु हुने उनले बताए । दशैंअगाडी नै गर्ने भनिएता पनि बाढीपहिरो तथा अन्य प्राकृतिक विपत्तीका कारण देशनै शोकमा परेकाले उक्त कार्यक्रम स्थगित गरिएको थियो ।
प्रतियोगिताका साथै नेपालीहरुको महान् पर्व दिपावली, नेपाल सम्वत्, छठलगायतका पर्वहरुको शुभकामना आदानप्रदान सहित नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत र सुर्यबिनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले संयुक्त रुपमा पार्किङ सहितको सुविधा सम्पन्न उक्त प्रतियोगिता हुने खेलमैदान उद्घाटन गरिने भएको छ ।
समापन कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा तथा विशेष अतिथि जिल्ला समन्वय प्रमुख इश्वर बहादुर थापा रहनुहुने संयोजक थापाले बताए । त्यस्तै कार्यक्रमको प्रत्यक्ष प्रशारण नमस्ने ख्वप टेलिभिजनले गर्ने भएको छ ।
हाल एमाले भक्तपुरको इन्चार्ज समेत रहनुभएका नेता बस्नेत भक्तपुर क्षेत्र नं। २ बाट प्रतिनिधिसभाको सांसद भएको समयमा ‘सांसद विकास कोष र नगरपालिकाको सहकार्य’मा रु ४० लाखको लागतमा निर्माण गरिएको सुन्दर तथा मनोरम प्राकृतिक वातावरणसहितको उक्त बास्केटवल खेलमैदान हाल व्यवस्थापकीय कार्य सम्पन्न गरी उद्घाटन गर्न लागिएको हो ।
उक्त स्थानमा नेता बस्नेतको ड्रिम प्रोजेक्टको रुपमा फुटशल मैदान, पार्क, पर्यटन प्रवद्र्धनात्मक कार्य तथा अन्य विभिन्न कार्यहरु समेत निर्माण सम्पन्न भइसकेका छन् ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_jTranLaNKU_lx2pomidyknmy44lrun46yg0xq7lduzw3fymwhvhy82d1ocwknniecwbsvgj.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_f5idKDr6wP_yqrmtttlcroonekatskohbld7z6msf4h6nlmxubcyihoxphtowuun5yjs3aw.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_sDe8inRNQe_b7vqjjvphn0vtfn8iku1rcp8r9m5nux9xlufu3ahboqeder8innhkoor0ayw.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_XakGbeZhqL_er9g9cubyhzakutdu4oavt1xyklymvcimgzguufedgpzw9dejkgtzvkittri.jpg)
प्रतिक्रिया