बुबाकाे नाममा छाेरी निरूपाले ल्याइन् 'चितवन शिखरबासकाे स्मृतिबिम्ब'

काठमाडौं, २० असाेज । वरिष्ठ आख्यानकार डा ध्रुबचन्द्र गौतमले आज काठमाडौंमा साहित्यकार चितवन शिखरबास स्मृतिबिम्बको विमोचन गरेका छन ।
त्यसअवसरमा उहाँले साहित्यकार चितवन शिखरबासले नेपाली, हिन्दी, बगाली र उर्दु भाषामा साहित्य सृजना गरेर ठूलो योगदान पुर्याएको बताए । प्रमुख अथिति डा गौतमले तत्कालनी समयमा चर्चामा नआएको भएपनि उहां सृजनाका कारण सधैँ जिवित रहिरहनेसमेत बताए । पचास वर्षअघि साहित्यमा सक्रिय चितवन शिखरबासका अप्रकाशित कृतिहरु प्रकाशन गर्ने चाँजोपाँजो मिलाउनु पर्ने पनि उनले जनाएका छन ।
विमोचित कृतिको समीक्षा गर्दै कवि तथा समालोचक प्राडा शैलेन्द्रुप्रकाश नेपालले चितवन शिखरबास प्रगतिशील र समाजिक रुपान्तरणका पक्षमा वकालत गर्ने लेखक भएको बताए । कवि तथा समीक्षक हरि अधिकारीले एउटी छोरीले आफ्नो बुबाको सम्मानमा गरेको काम विशिष्ट र सम्मानयोग्य रहेको बताए । विमोचन गरिएको चितवन शिखरबास स्मृतिबिम्ब साहित्यकार निरुपा प्रसुनले सम्पादन गरेकी हुन । चितवन शिखरबासकी उहाँ कान्छी सुपुत्री हुनु । कवि मणि लोहनीले साहित्यकार चितवन शिखरबासको रचनामा प्रगतिशीलता र आध्यात्मिकताको संगम भेटिने बताए ।
कृतिका सम्पादक तथा कार्यक्रमका सभापति लेखक निरुपा प्रसुनले आफ्ना पिता चितवन शिखरबासका बारेमा विविध स्मंरणहरु सुनाएकी थिइन । चितवन शिखरबास स्मृतिबिम्बमा २७ जनाले उहाँमाथि लेखेका लेख र स्मंरणहरु समावेश छन् । १९९८ सालमा चितवनमा जन्मिएका चितवन शिखरबासको २०७६ सालमा निधन भएको थियो । उनका कथा कविताका एक दर्जनभन्दा बढि कृति प्रकाशित छन् ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_BeJZKFNFqb_8bgnkf7mvabrvsqtkqeuovcku8xhuoc1ktsxw3qgpa7voxdn2e4wrwlwlslk.jpg)
प्रतिक्रिया