गौर बजारमा पानी पस्यो, सरकारी कार्यालयहरु आज बन्द

सञ्जय मिश्रा, रौतहट । बिहीवारदेखिको अविरल बर्षासंगै रौतहटको पूर्विभेग स्थित बागमती पश्चिममा लालबकैया नदीमा आएको बाढीको सतह घट्दै जाँदा सदरमुकाम गौर बजार क्षेत्रमा पानीको दवाब बढ्दै गएको छ । गौरस्थित प्रायः सम्पूर्ण सरकारी कार्यालयहरु डुबानमा परेपछि आज बन्द हुने भएका छन् ।
बागमती नदी लाल बकैया र झाझ खोलाको पानी आज विहान ३ बजे देखी प्रवेश गरेसँगै गौर बजार क्षेत्रमा पानीको दवाब बढेको हो । अहिले गौर बजारको मूल बाटोमा चौतर्फी पानी पानी देखिएको छ । गौर भन्सार एरियाको बाटोमा ४ फिटसम्म पानी जमेको छ भने नेपाल विद्युत प्राधिकरण गौर शाखा जलमग्न भएको छ ।
विपी चोकको सडक छेउका घर बाहेकका एरिया बाढिको पानीले डुवानमा परेका छन् । गौर आँखा अस्पताल पुरेनवा, सिसवा, सिर्सिया, सपगढा लगायतका वडाहरुमा राति १२ बजेकै समय देखि बाढिको पानी पसेको थियो ।
नेपाल विद्युत प्राधिकरण गौरको ३३र ११ केभी सब स्टेशनको केबल ड्रोनमा पानी भरेको कारण विधुत अवरुद्ध भएको छ । नेपाल भारत सीमा क्षेत्र बैरगनिया जाने नाका क्रान्तिद्वार गेट जलमग्न भएको छ । राजदेवी नगरपालिका ६ , गढीमाई ३ , लगायत कयौं स्थानमा बागमती नदीको बाँध फुटेर बगेको पानी गौर बजार क्षेत्रमा बढ्दै गएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंका अनुसार गौर भन्सार छेउ सशस्त्र प्रहरी प्रस्तावित गुल्म समेत जलमग्न भएको छ । भारतको सीतामढी निवासी ५५ बर्षीय भोजु लहेरी सनिवार साँझ यमुनामाई गाउँपालिका ५ बमनहर सडकखण्ड अन्तर्गत खोला तर्ने क्रममा बाढीमा फसेकोमा १२ घन्टापछि आज बिहान उद्धार गरिएको हो ।
यस अघि सनिवार वृन्दावन १ बलेरी खोर छेउ बागमती नदीमा सयभन्दा बढी महिला पुरुष तथा बालबालिका फसेका थिए।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सो मध्ये ३७ जनाको सकुशल उद्धार गरेको थियो ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_yECriB9iBz_hfnlhm8tey01rfz71zm2fnvdbufzy3cwbdpe30w1kus6634eeulsyl8malug.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_rLapXQUA5H_p5w16one48eidgh5zzxuou72qnxhr2i5ut55tlsmr86xcym7e87ct1an8g1k.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_ykb26VIsNZ_nefc8bumvq3tn4mhs5ykokxwlb9iw8mbuswbdiit4rq62ecr8ucy1lsehqpn.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_AP9j0fsZE9_x2f2mro8xlbwuzymwd2jwygueoj1rrvbk7ubbobcahot2fq9tgvtymon3jtt.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_zNIHoecC53_phdfzp2bfgc5apidh3xpslxqmg3xrodyepezxsshadswnanvja37mcyrcvco.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_FZRyxMbKwv_6rzrnc1gid6o1wahlzgasb40v0hjyuysduumk53int1tayivxofilng7i6vg.jpg)
प्रतिक्रिया