जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका व्यक्ति रिहा

काठमाडौँ । जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका एक व्यक्ति अन्ततः रिहा भएका छन् । अदालतले ८८ वर्षीय इवाओ हाकामाडालाई निर्दोष घोषित गर्दै आरोपबाट सफाइ दिने आदेश दिएको छ ।
इवाओ हाकामाडालाई सन् १९६६ मा चार जनाको हत्या गरेको आरोप लागेको थियो । इवाओ हाकामाडालाई करिब ४५ वर्षअघि मृत्युदण्डको सजाय सुनाइएको थियो तर विभिन्न कारणले उनको मृत्युदण्डको फैसला स्थगित हुँदै आएको थियो । यस्तो अवस्थामा सन् २०१४ मा इवाओ हाकामाडाको नाम सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगिरहेका कैदीको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखिएको थियो ।
जापानको सिजुओका जिल्ला अदालतले इवाओ हाकामाडालाई सफाइ दिएको छ । इवाओ हाकामाडालाई अब उनकी बहिनीले हेरचाह गर्ने बताइएको छ । अदालतको आदेशप्रति खुशी व्यक्त गर्दै इवाओ हकामाडीकी बहिनी हिडेको हाकामाडाले भनिन्, 'अदालतको आदेश टिभीमा सुनेपछि म निकै भावुक भएँ र आँखाबाट आँसु बगिरह्यो । वास्तवमा, इवाओलाई मृत्युदण्डको सजाय सुनाइएको प्रमाणमा शंकाका कारण इवाओ हकामाडाको मुद्दाको सुनुवाइ २०१४ मा फेरि सुरु भएको थियो ।
इवाओ हाकामाडा एक पूर्व मुक्केबाज हुन् र उनको पूर्व हाकिम र उनको परिवारलाई छुरा प्रहार गरी हत्या गरेको र उनीहरूको घर जलाएको आरोप लगाइएको थियो । मुद्दाको सुनुवाइका क्रममा इवाओ हकामाडाले आफ्नो अपराध स्वीकार गरेका थिए तर पछि इवाओले आफ्नो बयान फिर्ता लिएका थिए र प्रहरीको दबाबमा बयान दिएको आरोप लगाएका थिए ।
इवाओलाई सन् १९६८ मा मृत्युदण्डको सजाय सुनाइएको थियो र सन् १९८० मा जापानको सर्वोच्च अदालतले पनि इवाओको मृत्युदण्डलाई कायम राखेको थियो।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_UWYYSPMcAr_r9lxi5vn7maccekq3qw1fkbktexpxgb0qmtgrvxjmqxnafpj4odl93cfnjyj.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_vY30ujoM5f_h0a4hokgz73mfssrdqtl2m1lbfrf9vcbitzoyld5kqubywwod3tzyirs0aex.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_7Pa2d2zE1n_zzbj6xax7whdgcfsqeanhy1kl04hvihnp40wrhc0i5byamxgdzht4wdy9qoo.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया