मकाउमा युवती बेच्नेलाई जोगाउन कांग्रेसका नेता सक्रिय

सुदर्शनले उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि निमन्त्रणा गरेका थिए । तर, देउवा भने मानव बेचविखनमा मुछिएका व्यक्तिले आयोजना गरेको कार्यक्रममा जाँदा विवादित हुने डरले मकाउ नजाने निश्कर्षमा पुगेका हुन् । सांस्कृतिक कार्यक्रमका लागि भन्दै १४ दिनको टुरिस्ट भिसामा मकाउ पु-याइएकी स्याङ्जाकी सञ्जु थापालाई अपराध महाशाखा र एनआरएनको सहयोगमा उद्दार गरिएपछि सुदर्शनको असली धन्दा पाँच महिना अघि नै खुलेको थियो । वैदेशिक रोजगारीको शिलशिलामा सांस्कृतिक कार्यक्रम भन्दै पर्यटक भिसामा गएकी थापालाई महिनाको ५ हजार डलर तलव हुने लोभ देखाएर मकाउ पु-याइएको थियो ।
तर, उनलाई चिनियाँ व्यक्तिको घरमा बेचिएको खवर बाहिर आएपछि अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले तत्काल मकाउमा रहेका नेपाली र संघसंस्थासँग समन्वय गरि उद्धार गरेका थिए । सञ्जुलाई उद्धार गरेको पर्सिपल्ट जब प्रहरीले काठमाडौंको नयाँ बानेश्वरमा रहेको कम्पास रिक्रुइमेन्ट प्रालिका सञ्चालक सुवास थापामगरलाई पक्राउ ग-यो, त्यसपछि यो प्रकरणमा मुछिए सुदर्शन थापा मगर । काठमाडौं जिल्ला अदालतमा मकाउ पठाउने म्यानपावर कम्पनीका मालिक सुवास थापामगर, मकाउमा यौनहिंसा गर्ने सुवासका बाबु सुदर्शन थापामगर र मकाउमा चिनियाँलाई बेच्ने दलाल लोकराज बरालविरुद्ध सञ्जुले मुद्दा समेत दर्ता गराई सकेकी छन् भने उनीहरुमाथि प्रहरीले मानव वेचविखन तथा ओसारपसारमा मुद्दा चलाएको छ ।
मकाउमा रहेका सुदर्शन र लोकराजलाई पनि नेपाल झिकाउने तयारी भइरहँदा सुदर्शनले भने नेताहरुलाई बोलाई आफू चोखिने उपाय रचेका हुन् । एनआएनए मकाउका पूर्व अध्यक्ष सुर्दशनले रोजगारीका लागि विदेश पठाउने भन्दै वेरोजगार नेपालीबाट मोटो रकम असुलेर ठगी धन्दा चलाउँदै आएका छन । सुदर्शनले आफ्नो छोराले सञ्चालन गरेको म्यानपावरमार्फत रेस्टुरेन्टका लागि कल्चरल डान्स गर्न भन्दै केटीहरुलाई टुरिष्ट भिसामा मकाउ पु-याएर बेच्ने गरेको समेत खुलेको छ,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ । प्रहरीले वारेन्ट जारी गरेपछि सुदर्शनले आफू निर्दोष रहेको भन्दै केही समय अघि मिडियाबाजी समेत गरेका थिए ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_jH91GQmOif_batbyqmmrloijuflnp0tw3k6qrlid9tewi99myqnarw0dgobevahlou4mzhk.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया