जुकरबर्ग भन्छन्- बाइडेन प्रशासनले सेन्सर गर्न दबाब दिएको थियो

काठमाडौँ । मेटा मालिक मार्क जुकरबर्गले बाइडेन प्रशासनले उनलाई कोविडसँग सम्बन्धित पोस्टहरू सेन्सर (हटाउन) गर्न दबाब दिएको बताएका छन् । मेटा फेसबुक, व्हाट्सएप र इन्स्टाग्रामको मूल कम्पनी हो । जुकरबर्गले अमेरिकी सदनको न्यायिक समितिलाई पत्र लेख्दै यस्तो जानकारी दिएका हुन् ।
उनले पत्रमा भनेका छन्- '२०२१ मा महिनौंसम्म, व्हाइट हाउसका वरिष्ठ अधिकारीहरूले हामीलाई कोभिड-१९ सँग सम्बन्धित सामग्री सेन्सर गर्न बारम्बार दबाब दिए । यसमा व्यंग्य र व्यंग्यसँग सम्बन्धित सामग्री पनि समावेश थियो । जब हामी यसमा सहमत भएनौं, हाम्रो टीमहरूप्रति निराशा व्यक्त गरियो ।'
उनले सामग्री हटाउने वा नहटाउने हाम्रो निर्णय भएको बताए । आफ्ना निर्णयहरूको लागि जिम्मेवार रहेको बताउदै जुकरबर्गले पत्रमा भनेका छन्, 'सरकारले सिर्जना गरेको दबाब गलत थियो भन्ने मलाई विश्वास छ र हामी यस विषयमा बढी मुखर नभएकोमा मलाई खेद छ । मलाई लाग्छ कि हामीले कुनै पनि प्रशासनको दबाबमा आएर हाम्रा सामग्रीको मापदण्ड परिवर्तन गर्नु हुँदैन ।'
रिपब्लिकन पार्टीको सदन न्यायपालिकाले सोसल मिडिया प्लेटफर्म एक्समा यस सम्बन्धमा पोस्ट गरेको छ । यसमा मार्क जुकरबर्गको पत्र शेयर गरिएको छ ।
पोस्टमा लेखिएको छ, 'मार्क जुकरबर्गले तीनवटा कुरा स्वीकार गरेका छन् । पहिलो- बाइडेन र ह्यारिस प्रशासनले अमेरिकीहरूलाई सेन्सर गर्न फेसबुकलाई दबाब दियो । दोस्रो- फेसबुकले अमेरिकीहरूलाई सेन्सर गर्यो । तेस्रो- फेसबुकले हन्टर बाइडेनको ल्यापटपलाई सेन्सर गर्यो । यो अभिव्यक्ति स्वतन्त्रताको ठूलो जीत हो ।'
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_X4lpIJNogX_luifrsjgdiuiaa6tweaut1i6rccozrlai059x5kjs6mmu5sqgvwzm6htxlne.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_6nEYVfWIMp_hviaxpbx6tdt9bvkq6spfr5bugvghqbxswhngnq5bth5ev6kngn6hibd43fo.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_wKJaMFvKrH_xgvlq7adtbywzmpgrm05sv8paj9nt3rrhdfsorh6eqgngz9oc7rmhy7ylgjs.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया