शकिबलाई क्रिकेट टिमबाट तुरुन्तै हटाउन बंगलादेश बोर्डलाई नोटिस

काठमाडौँ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले स्टार क्रिकेटर शकिब अल हसनलाई क्रिकेटका सबै फर्म्याटबाट तुरुन्तै हटाउनको लागि नोटिस प्राप्त गरेको छ । केही दिनअघि साकिबमाथि हत्यामा संलग्न भएको आरोप लागेको थियो । हालै बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्धको आन्दोलनमा ४०० भन्दा बढीले ज्यान गुमाएका थिए ।
शकिबसहित हसिना पक्षका १४७ जनामाथि विद्यार्थीको हत्या गरेको आरोप छ । अगस्त ५ मा गोली लागेर विद्यार्थीको मृत्यु भएको थियो । विद्यार्थीका बुबाले ढाकामा एफआईआर दर्ता गरेका छन् । अब विद्यार्थी रुबेलका बुबाले वकिलको सहयोगमा बंगलादेश क्रिकेट बोर्डलाई नोटिस दिएका छन् । यस सूचनामा बीसीबीका अध्यक्ष फारुक अहमदले पाकिस्तान र बंगलादेशबीचको पहिलो टेस्ट म्याचपछि शकिब अल हसनको क्रिकेट भविष्यबारे निर्णय लिइने बताएका छन् ।
शकिब अहिले रावलपिण्डीमा पाकिस्तानविरुद्ध टेस्ट खेलिरहेका छन् । टेस्ट सिरिजको पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई १० विकेटले पराजित गरेर टेस्ट क्रिकेटमा पकिस्तानलाई पहिलो पटक पराजित गरेको छ ।
३७ वर्षीय शकिब शेख हसिनाको सरकारमा मन्त्री थिए । देशमा हिंसात्मक प्रदर्शन भएपछि शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो । उनले पनि देश छाड्नुपर्यो । हसिनाको राजीनामापछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारमा मुख्य सल्लाहकारको जिम्मेवारी सम्हालेका छन् ।
पीटीआईका अनुसार रफिकुल इस्मलाका छोरा रुबेलको आन्दोलनका क्रममा अगस्ट ७ मा मृत्यु भएको थियो । ५ अगस्टमा भएको विरोध प्रदर्शनका क्रममा शकिब भने बंगलादेशमा नभएर क्यानडामा ग्लोबल टी- २० खेलिरहेका थिए ।
यति मात्र होइन, २६ जुलाईअघि उनी अमेरिकामा मेजर लिग क्रिकेट खेलिरहेका थिए ।
शकिब यसै वर्ष जनवरीमा अवामी लिगको टिकटमा सांसद निर्वाचित भएका थिए । तर, प्रधानमन्त्री शेख हसिनाले सत्ता गुमाएपछि उनको सांसदको हैसियत पनि खोसियो ।
३७ वर्षीय अनुभवी खेलाडी शकिबले बंगलादेशका लागि अहिलेसम्म ६७ टेस्ट, २४७ एकदिवसीय र १२९ टी-२० खेल खेलेका छन् । यस अवधिमा शकिबले टेस्टमा ४५०५ रन र २३७ विकेट लिएका छन् । जहाँ एकदिवसीय अन्तर्राष्ट्रियमा शकिबको नाममा ७५७० रन र ३१७ विकेट छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले २५५१ रन र १४९ विकेट लिएका छन् ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_emkspKkgqC_bceueiddrozrtspv6bkqhxbecs5utqmi3kxhdqkqfmctjrmw4ayv1aahaxxb.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_z3oCF9fKOa_hugppraavq70ikzu1yvdf2p28pt99pucylieaiwgr0i5leww5wc6e2lkt1ey.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_IJXipIluBk_cwzm682nqmdfllu96imshscuornrmn6eglfzpxtbfqscqrpmjdyjbt6jle5q.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_f0reXiUoFx_dceg0ual0bzp8y68a0pm8b0nptwxpm1xscjfcvmjqo3j2mugpjvruqadifwi.jpg)
प्रतिक्रिया