ट्रम्पले जितेको र चार वर्षको अराजकता फेरि हेर्न चाहदैनौं- ओबामा

काठमाडौँ । अमेरिकाको सिकागोमा डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन जारी रहेको छ ।
यस सम्मेलनमा पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि सम्बोधन गरेका छन् । यस क्रममा मिशेल ओबामाले ट्रम्पमाथि कडा हमला गरेकी छन् । मिशेलले अमेरिकी हुनु भनेको के हो भन्नेमा कसैको एकाधिकार नरहेको बताइन् । मिसेल ओबामाले कमला ह्यारिस राष्ट्रपति पदका लागि सबैभन्दा शिक्षित उम्मेदवार भएको बताइन् ।
डेमोक्र्याटिक नेशनल कन्भेन्सनमा आफ्नो सम्बोधनमा पूर्व राष्ट्रपति बराक ओबामाले डोनाल्ड ट्रम्पलाई आलोचना गरेका छन् । ओबामाले ट्रम्पले शक्तिलाई आफ्नो उद्देश्य हासिल गर्ने माध्यम मात्र बनाएको बताए । उनले आफुहरुले ट्रम्पले जितेको र चार वर्षको अराजकता फेरि हेर्न नचाहेको बताए । उनले भने- 'हामीले प्रायः फिल्महरूमा देखेका छौं कि सिक्वेल फिल्महरू प्रायः खराब हुन्छन् ।'
ओबामाले नोभेम्बरको चुनाव नजिकको लडाई हुने बताउदै कमला ह्यारिस र उप-राष्ट्रपति उम्मेदवार टिम वाल्जको प्रशंसा गरे । उनले जो बाइडेनको प्रशंसा गर्दै यो देशले उनलाई एक प्रतिभाशाली राष्ट्रपतिको रूपमा सम्झने बताए । साथै उनले बाइडेनले ठूलो खतराको समयमा लोकतन्त्रलाई बचाएको भन्दै प्रशंसा गरे ।
त्यस्तै सिनेटर बर्नी स्यान्डर्सले मंगलबार डेमोक्रेटिक नेशनल कन्भेन्सनमा अमेरिकी जनतालाई उपराष्ट्रपति कमला ह्यारिसलाई देशको अर्को राष्ट्रपति चुन्न आग्रह गरे ।
आफ्नो सम्बोधनमा, स्यान्डर्सले श्रमिक वर्गलाई आकर्षित गर्ने र ठूला-ठूला कर्पोरेट कम्पनीहरूमा क्र्याक डाउन गर्ने कुरा गरे ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_UaU225IonR_a82p4x0hn4xvfoviok5pa0pjh2gfvpstxf7eeoylwxutqvedvs5izjug0l8j.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_HzXX8LCZuD_ajr7go3cqm4wnehneavuhngwexvchbhwficjjhgbqnubc948oowoukn88lah.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_IfIUhBjpJ2_qynatqquju8slt5eqvhtgtkau3jqukk2q3yoplkiclfpfpnj22qoj8v47ot1.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया