पाइलट बाबाको निधन

काठमाडौँ । भारतका चर्चित सन्त पाइलट बाबाको निधन भएको छ ।
भारतीय मिडिया एबिपी न्यूजका अनुसार जुना अखडाका महामंडलेश्वर पायलट बाबा लामो समयदेखि बिरामी थिए । उनको दिल्लीको एपोलो अस्पतालमा निधन भएको हो ।
उनलाई हरिद्वारमा समाधि लगाइने बताइएको छ । उनी भारतीय वायुसेनामा विंग कमाण्डर थिए, त्यसैले उनलाई पाइलट बाबाको नामले प्रसिद्धि मिलेको थियो । उनले पाकिस्तानसँगको दुई युद्धमा फाइटर पाइलटको भूमिका खेलेपछि सन्यास लिएका थिए ।
पायलट बाबाको महासमाधीको जानकारी उनको इन्स्टा एकाउन्टमार्फत आएको हो ।
इन्स्टाग्राममा लेखिएको छ- 'ओम नमो नारायण, हार्दिक श्रद्धाञ्जलीका साथ हाम्रा प्यारा गुरुदेवप्रति विश्वभरका सम्पुर्ण शिष्य, भक्तजनहरुमा हाम्रो पूज्य गुरुदेव महायोगी पायलट बाबाजीले आज महासमाधी लिनुभएको छ । उनले आफ्नो नश्वर शरीर त्यागेका छन् । यो हामी सबैको घरमा बसेर प्रार्थना गर्ने समय हो । कृपया यसलाई सहज रूपमा लिनुहोस् । यो समय शान्त रहन र उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने समय हो । थप जानकारी साझा गरिनेछ ।'
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_X4lpIJNogX_luifrsjgdiuiaa6tweaut1i6rccozrlai059x5kjs6mmu5sqgvwzm6htxlne.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_6nEYVfWIMp_hviaxpbx6tdt9bvkq6spfr5bugvghqbxswhngnq5bth5ev6kngn6hibd43fo.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_wKJaMFvKrH_xgvlq7adtbywzmpgrm05sv8paj9nt3rrhdfsorh6eqgngz9oc7rmhy7ylgjs.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया