रुस भ्रमण सकेर फर्केका भारतीय प्रधानमन्त्री मोदी अब युक्रेन जाने

नयाँदिल्ली, ४ भदौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २३ मा युक्रेनको भ्रमणमा जानेछन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री मोदीलाई युक्रेन भ्रमणको निम्तो दिएका थिए । तेस्रो पटक निर्वाचित भए पछि भ्लादिमर पुटिनको निमन्त्रणमा रुस भ्रमणमा गएका मोदी अब युक्रेन जान लागेका हुन । रुस र युक्रेन बिच युद्ध जारी रहेको छ ।
रुस नेतृत्वको तत्कालिन सोभियत संघवाट छुटेर युक्रेन सन् १९९१ मा छुट्टै राष्ट्र बनेको थियो । त्यसपछि कुनै पनि भारतीय प्रधानमन्त्री त्यहाँ गएका छैनन् । युक्रेनअघि प्रधानमन्त्री मोदी अगस्ट २१ र २२ मा पोल्याण्डमा हुनेछन् । पछिल्लो ४५ वर्षमा भारतीय प्रधानमन्त्रीको पोल्याण्ड भ्रमण यो पहिलो हो । यसअघि सन् १९७९ मा मोरारजी देसाई त्यहाँ गएका थिए ।
प्रधानमन्त्रीको युक्रेन भ्रमणबारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सचिव तन्मय लालले भने, ‘भारतको रूस र युक्रेन दुवैसँग सम्बन्ध छ। प्रधानमन्त्रीले त्यहाँ रुस–युक्रेन युद्ध अन्त्य गर्ने विषयमा पनि छलफल गर्नेछन् ।’यसअघि प्रधानमन्त्री मोदी रुस गएका थिए, जहाँ धेरै विषयमा छलफल भएको थियो । पीएम मोदीले मार्च २० मा पुटिन र जेलेन्स्की दुवैसँग फोनमा कुरा गरेका थिए। उनले रुस–युक्रेन युद्धमा भारतको अडान दोहोर्याएका थिए ।
लालले भने कि प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग धेरै पटक कुरा गरेका छन्। पछिल्लो एक वर्षमा यस्ता धेरै भेटघाट पछि उनीहरु अब युक्रेनमा भेट्न लागेका हुन् । उनले अहिलेसम्म युक्रेनलाई १६ वटा औषधि, चिकित्सा उपकरण र विद्युत उत्पादन गर्ने प्याकेज दिइएको बताए । हालसम्म करिब १३५ टन राहत सामग्री त्यहाँ पठाइएको छ । सहयोग जारी राख्ने तरिकाहरू थप विचार गरिने छ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_X4lpIJNogX_luifrsjgdiuiaa6tweaut1i6rccozrlai059x5kjs6mmu5sqgvwzm6htxlne.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_OBm2Fv7cBz_i4mwck6hyooi4kzz5xma854qsvor7q1qqfn5ljirn7aemxf8ybstcumtcoak.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_0kF2uvTMTQ_x7jmasmm14g2ypk9a9aqycctpluzms8dokb398s4umyqni6nnjrbkyt2lj4r.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया