पाकिस्तानमा पनि देखियो मंकीपक्स

काठमाडौँ । पाकिस्तानमा मंकीपक्स संक्रमणको पहिलो केस भेटिएको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार मंकीपक्सबाट संक्रमित व्यक्ति खैबर-पख्तुनख्वाको मर्दान जिल्लाका बासिन्दा हुन् जो खाडी देशबाट स्वदेश फर्किएका हुन् ।
सङ्क्रमित व्यक्ति कसको सम्पर्कमा आएका थिए भन्ने पत्ता लाग्ने र व्यक्तिको नमूनासमेत लिने काम भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
पाकिस्तानी स्वास्थ्य मन्त्रालयले बिहीबार मंकीपक्स बारे एक चेतावनी जारी गर्दै, एयरपोर्ट र त्यस्ता सबै ट्रान्जिट पोइन्टहरूमा कडा स्क्रीनिंग भइरहेको बताएको थियो ।
यसैबीच पाकिस्तानका प्रधानमन्त्रीका स्वास्थ्य संयोजक डा मुख्तार अहमदले सरकारी अस्पतालहरूलाई सावधानी अपनाउन निर्देशन दिइएको बताएका छन् ।
यसअघि अफ्रिका बाहिर पहिलो पटक स्वीडेनमा एमपोक्सको पहिलो केस देखिएको थियो । स्वीडेनको एजेन्सीले संक्रमित व्यक्तिलाई अफ्रिकामा बस्दा एमपोक्स भएको जनाएको छ ।
अफ्रिकाका केही भागहरूमा फैलिएको मंकीपक्स रोगका कारण विश्व स्वास्थ्य संगठनले विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । डब्ल्यूएचओले मंकीपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयको रूपमा उल्लेख गरेको छ ।
मंकीपक्स एक संक्रामक रोग हो, जसले अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीको ज्यान लिएको छ ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_UaU225IonR_a82p4x0hn4xvfoviok5pa0pjh2gfvpstxf7eeoylwxutqvedvs5izjug0l8j.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_HzXX8LCZuD_ajr7go3cqm4wnehneavuhngwexvchbhwficjjhgbqnubc948oowoukn88lah.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_IfIUhBjpJ2_qynatqquju8slt5eqvhtgtkau3jqukk2q3yoplkiclfpfpnj22qoj8v47ot1.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया