फ्रान्समा आज आम निर्वाचनको दोस्रो चरणको मतदान हुदै

काठमाडौँ । फ्रान्समा आज आम निर्वाचनको दोस्रो र अन्तिम चरणको मतदान हुँदैछ । यस चुनावमा अति दक्षिणपन्थी पार्टीले जितको अपेक्षा गरिएको छ । पहिलो चरणमा अग्रता हासिल अग्रेको आधारमा मरिन ले पेन र जोर्डन बर्डेलाको चरम दक्षिणपन्थी पार्टी नेसनल र्याली (आरएन) ले सरकार बनाउने र नेशनल एसेम्बलीमा बहुमत ल्याउने अवसर पाएको छ ।
गत आइतबार भएको पहिलो चरणको संसदीय निर्वाचनमा नेशनल एसेम्बलीमा विजयी भएपछि सयौं प्रतिद्वन्द्वी उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका थिए । यसको उद्देश्य अन्य उम्मेदवारहरूलाई अति दक्षिणपन्थी पार्टीका उम्मेदवारहरूलाई पराजित गर्ने राम्रो मौका दिनु थियो ।
पहिलो चरणको अग्रता पछि, अध्यागमन विरोधी पार्टी नेशनल र्यालीका नेता मारिन ले पेनले भनिन्, 'म्याक्रोन समूह लगभग समाप्त भइसकेको छ ।' नेशनल र्यालीका २८ वर्षीय नेता जोर्डन बर्डेलाले फ्रान्सेली जनताले मलाई भोट दिए भने म उनीहरूको प्रधानमन्त्री बन्न चाहन्छु भनेका थिए ।फ्रान्सको ५७७ सिट भएको राष्ट्रिय सभामा पूर्ण बहुमतका लागि मारिन ले पेन र जोर्डन बर्डेलालाई २८९ सिट चाहिन्छ । युरोपेली संसदको चुनावमा राष्ट्रिय र्यालीको जितपछि राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक चुनावको घोषणा गरेका थिए ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_X4lpIJNogX_luifrsjgdiuiaa6tweaut1i6rccozrlai059x5kjs6mmu5sqgvwzm6htxlne.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_OBm2Fv7cBz_i4mwck6hyooi4kzz5xma854qsvor7q1qqfn5ljirn7aemxf8ybstcumtcoak.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_wKJaMFvKrH_xgvlq7adtbywzmpgrm05sv8paj9nt3rrhdfsorh6eqgngz9oc7rmhy7ylgjs.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया