विश्वकप विजेता भारतीय टिम स्वदेश फर्कियो, आज मुम्बईमा भिक्ट्री परेड हुने

काठमाडौँ । टी-२० विश्वकप विजेता भारतीय टिम स्वदेश फर्किएको छ । जुन २९ मा विश्वकप जितेको भारतीय टिम विहिबार बिहान नयाँ दिल्ली पुगेको हो । वेस्ट इन्डिजमा जुन २९ मा सम्पन्न टी-२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । विश्वकप जितेपछि बारबाडोसमा आँधी आएपछि भारतीय टिम स्वदेश फर्किन ढिलाई भएको थियो । आँधीका कारण बारबाडोसका विमानस्थल पुर्णरुपमा बन्द भएको थियो ।
आज दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय क्रिकेट टिमलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष राजीव शुक्लाका अनुसार आज प्रधानमन्त्रीको सम्मानपछि भारतीय टिम चार्टड उडानबाट मुम्बई पुग्ने छ । मुम्बईमा आजै क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म भिक्ट्री परेड गराइने भएको छ । सो अवसरमा यस अघि बोर्डले घोषणा गरेको १२५ करोड रकम समेत हस्तान्तरण गरिने शुक्लाले बताएका छन् ।
नियमित उडान रद्ध भएपछि भारतीय क्रिकेट बोर्डले विशेष विमान व्यवस्था गरेर खेलाडी, अफिसियल र पत्रकारहरुलाई बारबाडोसबाट सिधै दिल्ली ल्याएको थियो ।यस अघि भारतीय टिम बारबाडोसदेखि न्युयोर्क-दुबई हुदै भारत आउने तालिका रहेको थियो ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_ACgSvm2Rr1_jltrg0lisgtlu0gqoztpuie0tieq303ouxfpa1d0tg0pfwng3h7oroa0g3sn.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_thIaL8qzAQ_6hua4x5mblbtewk6lus7gi6vamqctjayreqqic3zojrsoyjqeel6wlaardoz.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_n1iD94nuLo_sja6sawssxsmrvldyelcpwbhy3hz6koxigxpdh1uam7dwvh1y3c2zx2dm1jo.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_MsBV66J44V_stybpbhagqsgbeqqftost6zewhlnnvsp8qxuu4x0p7ypj6mqsrxo1a6advxt.jpg)
प्रतिक्रिया