इरानमा राष्ट्रपतिको लागि मतदान सुरु

काठमाडौँ । इरानमा राष्ट्रपति चयनका लागि शुक्रबार विहानैदेखि मतदान सुरू भएको छ । स्थानीय समयअनुसार बिहान ८ :०० बजे देशभरका ५८ हजार ६४० मतदान केन्द्रमा मतदान सुरु भएको हो ।गत महिना हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुन लागेको छ ।
मिडिया रिपोर्टका अनुसार शनिबार बिहानसम्ममा प्रारम्भिक र आइतबारसम्ममा औपचारिक नतिजा आउने अनुमान गरिएको छ ।यस मतदानमा करिब छ करोड १० लाख इरानी नागरिक मतदानका लागि योग्य रहेका छन् । राष्ट्रपतिका लागि सुधारवादी नेता ६९ वर्षीय मसूद पेजेशकियान, सभामुख मोहम्मद बघेर गालिबाफ, पूर्व आणविक वार्ताकार सइद जलिली र सुरक्षा अधिकारी रहेका मोस्ताफा पोउरमोहमदी चुनावी मैदानमा रहेका छन् ।
६ उम्मेदवार रहेपनि चुनावको अन्तिम समयमा तेहरानका मेजर अलिरेजा जकानी र रईसीका पूर्व उपराष्ट्रपति अमिर होसेन गाजिजादेह हाशेमी उम्मेदवारी फिर्ता लिएका थिए ।यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गरेनन् भने जुलाई ५ मा दोस्रो चरणको मतदान हुनेछ । सन् २००५ को मतदानपछि इरानी चुनावी इतिहासमा दोस्रो पटक मतदान भएको छैन ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_rdGZAjysfJ_qhseg4z6drvkpblgcs9qxnskhxbwvmedxzi6m3zsnptsol1gr9s1tho2gbfj.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_Vyw0tZGRmv_j83qcgcdih2b4mkzc2ysgwa57cfz3yyf3eowxv3roszmwgyaon8r1iacilkm.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_IfIUhBjpJ2_qynatqquju8slt5eqvhtgtkau3jqukk2q3yoplkiclfpfpnj22qoj8v47ot1.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया