राहुल मोदीसँग प्रेम सम्बन्धमा अभिनेत्री श्रद्धा कपुर

काठमाडौँ । बलिवुड अभिनेत्री श्रद्धा कपुर आफ्नो निजी जीवनलाई लिएर धेरै जसो चर्चामा रहने गर्दछिन । उनको नाम लामो समयदेखि लेखक राहुल मोदीसँग जोडिएको थियो । दुवैले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेका छैनन् । तर अभिनेत्रीको हालैको सामाजिक सञ्जाल पोस्टपछि दुवै प्रेम सम्बन्धमा रहेको चर्चा भारतीय मिडियाहरुले गरेका छन् ।
श्रद्धा कपुरले इन्स्टाग्राममा राहुल मोदीसँगको सेल्फी पोस्ट गर्दै क्याप्सन लेखेकी छिन्- 'मुटु राख... तर निन्द्रा फिर्ता देउ ।' श्रद्धाले राहुल मोदीको बारेमा आधिकारिक पोस्ट साझा गरेको यो पहिलो पटक हो ।
उनीहरुको अफेयरको खबरले लामो समयसम्म हेडलाइन बनेको थियो । दुवै धेरै अवसरमा सँगै देखिने गरेका छन् । अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङ सेलिब्रेशनका लागि जामनगर जाँदै गर्दा मुम्बई एयरपोर्टमा दुवैलाई सँगै देखिएक ओथियो । मिडिया रिपोर्टमा उनीहरुको परिवार पनि उनीहरुको सम्बन्धमा खुसी रहेको दाबी गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार श्रद्धा र राहुलको भेट फिल्म ‘तू झुठी मै मक्कर’ को समयमा भएको थियो । राहुल यस फिल्मसँग सह लेखकको रूपमा जोडिएका थिए । फिल्मको सुटिङपछि उनीहरुबीचको सम्बन्ध बलियो भएको बताइएको छ । फिल्मको छायांकन सकिएपछि दुवैजना एकअर्कासँग सहज भइसकेको बताइएको छ । उमेरका हिसाबले भने श्रद्धाभन्दा राहुल ३ बर्षले कान्छा छन् । श्रद्धा अहिले ३७ बर्षकी भएकी छन् भने राहुल ३४ बर्षका छन् ।
लव रञ्जन निर्देशित फिल्म ‘तू झुठी मै मक्कर’ मा श्रद्धा कपुरले रणवीर कपुरसँग स्क्रिन सेयर गरेकी थिइन् । राहुलले यस अघि 'प्यार का पंचनामा २' र 'सोनु के टिटु की स्वीटी' मा लेखकको रूपमा पनि काम गरिसकेका छन् । सन् २०२२ मा फोटोग्राफर रोहन श्रेष्ठसँग श्रद्धाको ब्रेकअप भएपछि अभिनेता आदित्य रोय कपुरसँग पनि उनको अफ्येर्स रहेको चर्चा चलेको थियो ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_FhJZ7nXRzj_qxbib5gy8hyas82nxh3etnsf7y17qaxxocy8yd4ursopshn50juvsibdjmkb.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_nMTYnydxkV_tyzh56oxebwtxw08kyredkmn95sggdydsb61dulpzj60oi3jwkhcczbg9hq1.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_zX0bEPNBJB_akdjkrlr3s7mnodw3vni65czl1saawdlddghl4g4fnupyk6dvhvd7p4bbpjk.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_r1UtfReNpW_cfzlnfk6wuxcugbhbw6bpftdlumjugx8cbddijnbjyxtt52hdgz1hx0mwr8h.jpg)
प्रतिक्रिया