थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता, राजाको स्वीकृतीपछि लागु हुने

काठमाडौँ । थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिइएको छ । मंगलबार थाई संसदमा यो विधेयकमाथि मतदान भएको थियो । यस अवधिमा १३० सांसदले यसको पक्षमा र ४ विपक्षमा मतदान गरेका थिए । कतिपय सांसदले भने त्यसबाट टाढै बसेका छन् । थाइल्याण्ड यस्तो गर्ने दक्षिणपूर्वी एसियाकै पहिलो देश बनेको छ ।
अब यो विधेयक अनुमोदनका लागि राजा महा वजिरालोङकर्नलाई पठाइनेछ । उनीहरुको सहमति पाएपछि राजपत्रमा प्रकाशित गरी १२० दिनपछि लागू हुनेछ । रिपोर्टहरूका अनुसार, पहिलो कानुनी समलिङ्गी विवाह यस वर्षको अक्टोबरमा थाइल्याण्डमा हुनेछ ।थाइल्यान्डमा २० वर्षदेखि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने माग भइरहेको थियो । अब यो कानुन बनेपछि १८ वर्ष वा सोभन्दा बढी उमेरका जोसुकैले पनि विवाह गर्न सक्नेछन् । यसअघि फेब्रुअरीमा यो विधेयक संसदमा पेश भएको थियो । तर, सांसदहरुले त्यसलाई अस्वीकार गरेका थिए ।
थाइल्याण्ड समलिङ्गी विवाहलाई वैधानिकता दिने एसियाकै तेस्रो देश बन्ने भएको छ ।एलजीबीटीक्यू समुदायले जुनको अन्त्यमा राजधानी बैंककमा ठूलो र्याली आयोजना गर्नेछ, जसमा थाई प्रधानमन्त्री श्रेष्था थाभिसिन पनि सहभागी हुनेछन् । थाइल्याण्ड समलिङ्गी विवाहलाई वैधानिकता दिने एसियाकै तेस्रो देश बन्ने भएको छ । यसअघि ताइवान र नेपालले पनि यसलाई वैधानिकता दिएका छन् ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_UaU225IonR_a82p4x0hn4xvfoviok5pa0pjh2gfvpstxf7eeoylwxutqvedvs5izjug0l8j.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_Vyw0tZGRmv_j83qcgcdih2b4mkzc2ysgwa57cfz3yyf3eowxv3roszmwgyaon8r1iacilkm.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_IfIUhBjpJ2_qynatqquju8slt5eqvhtgtkau3jqukk2q3yoplkiclfpfpnj22qoj8v47ot1.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया