साहरुख चोर्ने रणवीर पक्राउ गर्ने

काठमाडौं : बलिउडका स्टार नायक साहरुख खान अब चोर बन्ने भएका छन् । सफल निर्माता आदित्य चोपडाको ‘धुम’ को चौथो श्रृङ्खलामा सुपरस्टार खान चोरको भुमिकामा देखिने भएका हुन् । चोर–प्रहरी सिरिजको यस चलचित्रमा साहरुख नयाँ चोरको रुपमा देखिने भएका छन् । यस चलचित्रमा सिपाहीको भुमिकामा अभिषेक बच्चनलाई अभिनय गराउने कुरा थियो । तर, अब अभिषेकको साटो रणबीर सिंहले अभिनय गर्ने भएका छन् । चोरको भुमिकामा पनि सलमान खानलाई अभिनय गराउने सोच निर्माताले बनाएका थिए । तर, सलमानले नकारात्मक भुमिका निर्वाह नगर्ने भएपछि साहरुखलाई अभिनय गराउने योजना निर्माताको छ । साहरुखले यसअघि पनि केही चलचित्रमा नकारात्मक भुमिका निर्वाह गरेकाले उनले काम गर्ने संभावना बढी छ । साहरुखको डेटका लागि आदित्यले कुरा गरिरहेका छन् ।चलचित्रलाई अघिलो श्रृङ्खलाको तुलनामा विषेश बनाउने तयारीमा निर्माण पक्ष लागेको छ । यसमा साहरुखको गेटअप विशेष हुनेछ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_VzcCi5hJvJ_bwgfanmlkfbevrdlfeodyd7yvt32uxk7bhpnyq8fktxxfdws0gke12ii8vlh.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया