न्यू क्यालेडोनियाको मतदान सुधारबाट पछि हट्यो फ्रान्स

काठमाडौँ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले न्यू क्यालेडोनियामा लागू भएको मतदान सुधारलाई निलम्बन गरेको घोषणा गरेका छन् । यी मतदान सुधारहरूको कारणले गर्दा हालै क्यालेडोनियामा गम्भीर हिंसा भड्किएको थियो । न्यु क्यालेडोनिया, हिन्द प्रशान्त महासागरका पाँचवटा टापु क्षेत्रहरू मध्ये एक हो, जुन फ्रान्सद्वारा प्रशासित छ ।
मतदान सुधारलाई लिएर ठूलो विवाद भएको थियो । फ्रान्सले भर्खरै न्यू क्यालेडोनियामा मतदानको सन्दर्भमा केही सुधार गरेको थियो । न्यू क्यालेडोनियामा मतदान गर्ने अधिकार १९९८ भन्दा पहिले न्यू क्यालेडोनियामा बस्ने मानिसहरूलाई मात्र सीमित थियो । यस कानूनको उद्देश्य क्यालेडोनियामा बसोबास गर्ने मूल निवासी र अल्पसंख्यक कनक समुदायलाई बढी प्रतिनिधित्व दिनु थियो । तर, पेरिसले यो व्यवस्थालाई अलोकतान्त्रिक मान्दै र फ्रान्सेली संसदले कानूनमा सुधार गर्दै १० वर्षसम्म क्यालेडोनियामा बसोबास गर्ने मानिसहरूलाई मतदान गर्ने अधिकार दिने निर्णय गरेको थियो । फ्रान्सेली सरकारको यो निर्णयले स्थानीय जनता आक्रोशित हुदै प्रदर्शनमा उत्रिएका थिए । स्थानीय मानिसहरूले यो निर्णयले उनीहरूलाई सीमान्तीकृत गर्ने र क्यालेडोनियामा आफ्नो प्रभाव गुमाउने डर रहेको बताएका छन् । क्यालेडोनियामा पनि फ्रान्सबाट स्वतन्त्रताको मागले गति लिइरहेको छ । हिंसा भड्किएपछि राष्ट्रपति म्याक्रोनले क्यालेडोनियाका प्रतिनिधिहरूलाई छलफलका लागि पेरिसमा आमन्त्रित गर्दै वार्ताबाट समाधान खोज्ने कुरा गरेका थिए । तर अब राष्ट्रपति म्याक्रोनले यी सुधारहरू स्थगित गर्ने निर्णय गरेका छन् ।
न्यू क्यालेडोनियामा मतदान सुधारको विरोधमा भएको प्रदर्शनमा तीन जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । हिंसाका कारण क्यालेडोनियाका विद्यालय, कलेज र विमानस्थल बन्द गर्नुका साथै राजधानी नोउमामा कर्फ्यू लगाइएको थियो । त्यसयता कैयौँ छिटपुट हिंसाका घटना भएका छन् ।न्यू क्यालेडोनिया अस्ट्रेलियाबाट करिब १५०० किलोमिटर पूर्वमा अवस्थित छ । यहाँको जनसंख्या २ लाख ७० हजार रहेको छ । जसमध्ये ४१ प्रतिशत मेलानेसियन कनाक र २४ प्रतिशत युरोपेली मूलका मानिस छन् । यो टापु बेलायती अन्वेषक जेम्स कुकले पत्ता लगाएका थिए र यसलाई फ्रान्सले सन् १८५३ मा आफ्नो नियन्त्रणमा लिएको थियो ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_qhK5d2bzVv_dywzg4vex3vrfejvhjuwfjnkjg3i6h2odiapygthbpdjllxfbiybkq0fohfm.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_T2HpgWcwuI_uuumal9dwvfq1olhndh24vd60wbtzxeeldqiolnrtvmwurz9ljmah6g6z7oc.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_G0406tFk1b_gul5znd9drqn7xz7q4rmhzorb4t4c89psdg6bho1gxikzeonsazsauyguh8w.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया