‘ह्रस्व दीर्घ’ चौथो पोस्टर: अभिनेत्री नीता हावी

काठमाडौँ । आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’को चौंथो पोस्टर सार्बजनिक गरिएको छ । फिल्मकी अभिनेत्री नीता ढुंगाना चित्रित पोस्टरमा उनले हनुमानले बोक्ने गदा (वाहन) छ भने ब्रह्मानन्दम, अली, किरण केसी, बुद्धि तामाङ, रविन्द्र झा र आदर्श मिश्रलाई उनको टाउकोको रुपमा प्रस्तुत गरिएको छ ।
रातो कुर्था र आँखामा चस्मा लगाएकी निताको चरित्र धार्मिक देखिन्छ । उनले दुईटै नाडीमा एउटा मन्त्र लेखिएको चुरा आकारको पट्टा लगाएकी छन् भने हातमा रातो रंगले गोलो आकृति बनाएकी छन् । उनको क्यारेक्टर लुक्सले चञ्चल र रिसाहा युवतीको संकेत गर्छ । फिल्मकी निर्माता नीता नै हुन् । फिल्मलाई द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि उनले केही सफल भोजपुरी फिल्म निर्देशन गरिसकेका छन् । नेपाली फिल्म निर्देशन भने उनको यो पहिलो हो । यसमा हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल लगायतको पनि अभिनय छ भने साउथबाट ब्रह्मानन्दम र अलिसँगै प्रदीप रावत र कबीर दुहान सिंहको पनि अभिनय छ ।
हरिहर अधिकारीको कथा लेखन रहेको फिल्मलाई भारतीय छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता दर्जनौं बलिउड फिल्म खिचेका छन् । फिल्मको नेपाल र भारतमा गरी तीन चरणमा छायांकन गरिएको थियो । यसमा मित्र डि गुरुङको सम्पादन छ भने गीतमा रामजी लामिछाने र बलिउडका शुष्मा सुमनको कोरियोग्राफी रहेको छ ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_tZwogbkHIl_8txqzt7v0pppb7btnsjunzvjhftgpecyulgto9xip1hlgvldwcdcerescrag.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_UChRKrzfIp_myrkkh1ikrkvdfz9ux9zbhhal6dgnk5jvln5erkccxv1t5qkih1vaxxakwpf.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_lQAMeBP5l7_dekgmwkjvd9q6kaetwvxwciljyyeiqfqperk5zgyrgfawxgagwv2l8wc8tch.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_iCjTcry6IG_vtvw1ujkywvmvoecmpuizych167grdy2xclhloj7zifto6tpvwekylj1xvah.jpg)
प्रतिक्रिया