क्यानडाका अरबपति स्ट्रोङ्कमाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौँ । क्यानडाका चर्चित व्यापारी फ्रान्क स्ट्रोङ्कलाई यौन उत्पीडनको आरोप लागेको छ । स्ट्रोङ्क विश्वको सबैभन्दा ठूलो अटो पार्ट्स कम्पनीका संस्थापक हुन् । प्रहरीले केही शर्तमा स्ट्रङ्कलाई पक्राउ गरेर तत्कालका लागि रिहा गरेको छ । उनी पछिको मितिमा ओन्टारियोको ब्राम्प्टनको अदालतमा उपस्थित हुन भनेको छ।
क्यानडाको पील क्षेत्रीय प्रहरीले ९१ बर्षिय स्ट्रोङ्कलाई १९८० र २०२३ को बीचमा महिलाहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ । चर्चित व्यापारीमाथि बलात्कार, यौन दुव्र्यवहार र महिलालाई जबरजस्ती थुनामा राख्नेलगायत पाँचवटा अपराधको आरोप लागेको छ ।स्ट्रोङ्कमाथि एकभन्दा बढी महिलाले शोषण गरेको आरोप लागेको प्रहरीले बताएको छ । यद्यपी कति महिलाले यस्तो आरोप लगाएका थिए भन्ने जानकारी प्रहरीले दिएको छैन ।साथै प्रहरीले स्ट्रोङ्कले अन्य महिलालाई यस्तो व्यबहार गरेको भए अगाडी आउन समेत अपिल गरेको छ ।
स्ट्रोङ्कको जन्म अस्ट्रियामा १९३२ मा जन्म भएको हो । उनले १४ वर्षको उमेरमा स्कूल छोडे र स–साना काम गर्न थाले । यो अवधिमा उनले पार्टपुर्जा कम्पनीमा काम गरे । उनले छापाखानामा डाइमेकरको रूपमा पनि काम गरे । सन् १९५४ मा राम्रो भविष्यको खोजीमा उनी एउटा ब्रिफकेस र केही सय डलर लिएर क्यानडा गए । सन् १९५७ मा उनले आफ्नो घरको ग्यारेजमा कम्पनीको जग बसालेर अटो पार्ट्सको व्यवसाय सुरु गरे । उनको ब्यापार चल्यो । उनको करियरको ठूलो चरण सन् १९६९ मा आयो जब उनले म्याग्ना इलेक्ट्रोनिक्स प्राप्त गरे । सन् १९७३ मा उनले आफ्नो कम्पनीको नाम म्याग्ना इन्टरनेशनल राखे । हाल उनको कम्पनी ३४ देशमा फैलिएको छ ।
उनको कम्पनीमा १ लाख ७० हजार कर्मचारी कार्यरत छन् । उनको कम्पनीले हरेक वर्ष ४० अर्ब डलरको व्यापार गर्छ । उनको कम्पनीले घोडा दौडको व्यवसाय पनि गर्छ । फ्रान्क स्ट्रोन्क कुनै समय क्यानडाका धनी व्यक्तिहरूमध्ये एक थिए । हाल उनको कुल सम्पत्ति १.५ बिलियन डलर रहेको । हाल उनी देशको ३१औं धनी व्यक्ति हुन् ।फ्रान्क स्ट्रोङ्कले सेप्टेम्बर २०१२ मा 'टीम स्ट्रङ्क' नामको दक्षिणपन्थी पार्टी गठन गरे । अर्को वर्ष भएको निर्वाचनमा उनको पार्टी देशको तेस्रो ठूलो दल बन्यो । यसपछि उनी २०१३ मा अस्ट्रिया गए । तर २ महिनाभित्रै उनी फेरि क्यानडा फर्किए ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_qhK5d2bzVv_dywzg4vex3vrfejvhjuwfjnkjg3i6h2odiapygthbpdjllxfbiybkq0fohfm.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_T2HpgWcwuI_uuumal9dwvfq1olhndh24vd60wbtzxeeldqiolnrtvmwurz9ljmah6g6z7oc.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_uWtWe6Ep0U_wadhcfez1wofvkmzxkjpxvesugxcdf3cvzzhhdymotjsffhwumsyxf5kpojn.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया