एनडीए गठबन्धनले मोदीलाई नेता चयन गर्दै, आजै सरकार बनाउने दाबी पेश गर्ने

काठमाडौँ । नरेन्द्र मोदीले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीएबाट आज सरकार गठनको दाबि पेश गर्ने तयारी गरेका छन् । हालै सम्पन्न लोकसभा निर्वाचनमा एनडीए गठबन्धनको २९३ सिट हासिल भएसँगै आज सरकार गठनको दाबि पेश गर्ने तयारी गरेका हुन् ।
त्यसपछि आजै एनडीए गठबन्धनको बैठक बस्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । बैठकले नरेन्द्र मोदीलाई गठबन्धनको नेता चयन गर्न लागेको छ । मोदी नेता चयन भएसँगै गठबन्धन दलको पत्रसहित आजै सरकार गठनको दाबि पेश गर्ने छन् ।५४३ सदस्यीय लोकसभामा एनडीएले २९३ सिटमा जित हासिल गरेको छ । जसमा भाजपाले २४०, आन्ध्र प्रदेशका चन्द्र बाबु नायाडूको टिडीपीले १६, बिहारका नितिश कुमारको पार्टी जेडीयुले १२, शिवसेनाले ७ र अन्यले १८ सिटमा जित हासिल गरेका छन् ।
त्यस्तै विपक्षी दलको इण्डिया गठबन्धनले २३४ सिटमा जित हासिल गरेको छ । जसमा भारतीय नेशनल कांग्रेसले ९९ , अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले ३७, ममता बेनर्जी नेतृत्वको टिएमसीले २९, डीएमकेले २२ र अन्यले ४७ सिट जितेका छन् । त्यस्तै दुवै गठबन्धनमा नलागेका र स्वतन्त्रसहित अन्य १६ जनाले जितेका छन् ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_0TfIIDr6ml_jqxv8ectqmujz8h22tjicdpd8gi2aycwo41ezs5htdkj2nx3vqpkii6kach1.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_lI2mMxNUSY_sy8xvpqrwnfgj9tksgewea2ezcu531oznkwjdo7fo8xscwzk78xi8vxl0sx6.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_G0406tFk1b_gul5znd9drqn7xz7q4rmhzorb4t4c89psdg6bho1gxikzeonsazsauyguh8w.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया