माल्दिभ्सले लगायो इजरायलका नागरिकमाथि प्रतिबन्ध

काठमाडौँ । माल्दिभ्सले इजरायलका नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।राष्ट्रपति मोहम्मद मुइज्जुले इजरायली राहदानी भएकाहरूलाई प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । गाजामा भएको आक्रमणको विरोधमा माल्दिभ्सले इजरायली नागरिकमाथि प्रतिबन्ध लगाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर, यो नयाँ ऐन कहिलेदेखि लागू हुने भन्नेबारे राष्ट्रपति कार्यालयले जानकारी दिएको छैन ।
सोही क्रममा राष्ट्रपतिले प्यालेस्टाइनीहरूलाई सहयोग गर्न पैसा सङ्कलन गर्न सकिने ‘माल्दिभ्स इन सोलिडारिटी विथ प्यालेस्टाइन’ नामक अभियान पनि सुरु गरेका छन् । तर, यो प्रतिबन्धपछि इजरायलले आफ्ना नागरिकहरूलाई माल्दिभ्स नजान चेतावनी पनि दिएको छ ।राष्ट्रपति मोइज्जुले विपक्षी र सरकारी सहयोगीहरूको दबाबबीच यो कदम चालेका हुन् । इजरायली हमलामा गाजामा हजारौं सर्वसाधारण मारिएपछि विपक्षी र सहयोगीहरूले मालदिभ्सबाट इजरायलीहरूलाई प्रतिबन्ध लगाउन आह्वान गरेका छन् ।यसैबीच इजरायलको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई माल्दिभ्स नजान आग्रह गर्दै माल्दिभ्समा रहेका इजरायली नागरिकलाई देश छाड्न चेतावनी दिएको छ । माल्दिभ्समा बसोबास गर्ने इजरायली नागरिकहरूलाई कुनै कारणले समस्या परेमा उनीहरूलाई मद्दत गर्न गाह्रो हुने भएकाले देश छोड्ने विचार गर्न सल्लाह दिएको छ ।
माल्दिभ्स–इजरायल सम्बन्धलाई सामान्य बनाउने प्रयास २०१२ मा समाप्त भएको थियो ।जानकारीका अनुसार माल्दिभ्सले सन् १९९० को सुरुमा इजरायली नागरिकमाथिको पुरानो प्रतिबन्ध हटाएको थियो । कूटनीतिक सम्बन्ध पनि २०१० मा पुनर्स्थापित भएको थियो । तर, सन् २०१२ मा पूर्व राष्ट्रपति मोहम्मद नसिदलाई सत्ताबाट हटाएपछि सम्बन्ध सामान्य बनाउने प्रयास पनि समाप्त भयो ।माल्दिभ्सको अर्थतन्त्रको मुख्य आधार पर्यटन हो । गाजा युद्धले माल्दिभ्सको पर्यटनलाई पनि असर गरेको छ । यस वर्षको पहिलो चार महिनाको तथ्यांक हेर्दा गत वर्षको तुलनामा इजरायलको पर्यटनमा ८८ प्रतिशतले कमी आएको छ ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_FCuqc83FVO_hdrrjxutl22netmb5tsspjsh1jzdfjoyynllqpi0fkc4wkptihdzxgeurohf.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_kzAnIYOIlC_gthkdzx0ikkwub7sgtwaeawsl4ajbljnklpgulyg0qixkksstdesmrxx3tlp.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_uWtWe6Ep0U_wadhcfez1wofvkmzxkjpxvesugxcdf3cvzzhhdymotjsffhwumsyxf5kpojn.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया