मिडिया टाइकुन मर्डोकले गरे पाँचौं विवाह

काठमाडौँ । मिडिया टाइकुनको नामले चर्चित रुपर्ट मर्डोकले पाँचौं विवाह गरेका छन् । उनले ६७ बर्षिय एलेना झुकोभालाई आफ्नो पार्टनर बनाएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।
९३ वर्षीय मर्डोकले गत बर्षदेखि एलेनासँग डेटिङ गरिरहेको बताइएको छ । एलेना सेवानिवृत्त आणविक जीववैज्ञानिक हुन् । उनको भने यो तेस्रो विवाह हो ।
मर्डोकले गत वर्ष मात्र चौथी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए । एलेना सँग आफ्नो नाम जोडिएपछि उनले चौथी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका थिए ।
अष्ट्रेलियाको मेलबर्नमा ११ मार्च १९३१ मा जन्मेका मर्डोक लामो समयदेखि मिडिया व्यवसायमा जोडिएका छन् । उनको अमेरिकामा फक्स न्यूज र न्युज क्रपमा लगानी रहेको छ भने स्काई न्यूज अस्ट्रेलिया, द वाल स्ट्रिट जनरल, बेलायतबाट प्रकशित हुने द सन् र द टाइम्स, अस्ट्रेलियाको द दिली टेलिग्राफ हेराल्ड सन, द अस्ट्रेलियन, अमेरिकाको वाल स्ट्रिट जनरल र न्यूयोर्क पोस्ट, किताब पब्लिसर कम्पनि हार्पर कोलिन्स लगायतका मिडिया संचालनमा रहेका छन् । उनले गत बर्ष मात्र न्यूज क्रपको अध्यक्षबाट राजीनामा दिएका थिए ।
उनको मोडल जेरी हलसँगको चौथो विवाह छ वर्षपछि २०२२ मा टुङ्गिएको थियो । उनले आफ्नो पहिलो पत्नी एयर होस्टेज प्याट्रिसिया बुकरसँग १९५६ मा विवाह गरेका थिए, जससँग उनको जेठो छोरा प्रुडेन्स रहेका छन् । १९६७ मा, उनले डेली मिरर रिपोर्टर अन्ना टोर्भसँग दोस्रो विवाह गरे । उनीसँग तीन छोरा छोरी भएका थिए । उनको दोस्रो विवाहको अन्त्य १९९९ मा भएको थियो ।
मर्डोकले टोर्भबाट अलग भएको तीन हप्ताभन्दा कम समयमै १९९९ मा २९ वर्षीय डेङसँग विवाह गरेका थिए । मर्डोक र डेङसँग दुई सन्तान छन् । यो जोडी सन् २०१३ मा अलग भएको थियो ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_LvIacUI27y_qe9bvdxompvyq4janrtsn0lugy21tltbmeczmkaqvtvu5gnui3p1vsvptso4.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_5DexysywqP_53jgah8oazlby8rooitauusuzldfdaalns9raxswa35lakutvafwmcaj3nlp.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_AxFhFpofVX_rmbs9jkmlhxjc3lhnpblnhoxhoaysrdijrablxjynxyuwnqhf6goinsmfipo.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया