चुनावको प्रचार सकेर ४५ घण्टे ध्यानमा मोदी

काठमाडौँ । भारतमा लोकसभा चुनावको सातौं र अन्तिम चरणको मतदान जुन १ मा हुँदैछ । यस चरणको मतदानको प्रचार अवधि सकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी पुगेर ध्यानमा बसेका छन् । अब उनी ४५ घण्टा अर्थात् जुन १ गते साँझसम्म समुन्द्रमा बनेको विवेकानन्द रक मेमोरियलमा ध्यान गर्ने छन् । आज उनको ध्यानको दोस्रो दिन हो । मोदीको ध्यानका धेरै तस्विरहरु बाहिर आएका छन् । तस्विरमा प्रधानमन्त्री मोदी केसरन कुर्ता र गमछमा देखिएका छन् । उनी स्वामी विवेकानन्दको मूर्तिको अगाडि बसेर ध्यान गरिरहेका छन् । उनको हातमा माला रहेको छ ।
यस ध्यान मण्डपमको विशेष कुरा यो छ कि यो त्यही ठाउँ हो जहाँ स्वामी विवेकानन्दले देशको भ्रमण गरेपछि तीन दिनसम्म ध्यान गरेका थिए । यहीँ उनले विकसित भारतको सपना देखेका थिए । यस स्थानमा देवी पार्वतीले एक खुट्टामा उभिएर ध्यान गरेको जनविश्वास छ । प्रधानमन्त्री मोदी बिहीबार कन्याकुमारी पुगेका थिए । प्रधानमन्त्री दक्षिण भारतको परम्परागत पहिरनमा धोती लगाएर देखिएका थिए । उनले अफ-सेतो रंगको सल लगाएका थिए। कन्याकुमारी पुगेर भगवती अम्मान मन्दिरमा पूजापाठ गरेका थिए ।
प्रधानमन्त्री मोदीको यो आध्यात्मिक बसाइलाई लिएर कन्याकुमारीमा कडा सुरक्षा व्यवस्था गरिएको छ । उनीहरुको सुरक्षाका लागि दुई हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । विवेकानन्द रक मेमोरियलमा प्रधानमन्त्री मोदी नबसेसम्म कुनै पनि आम पर्यटकलाई त्यहाँ जान नदिने बताइएको छ । मोदीको सुरक्षाका लागि एनएसजी कमाण्डो तैनाथ गरिएको खबर पनि छ ।कन्याकुमारी भारतका लागि धेरै हिसाबले विशेष छ । यो जहाँ भारतको पूर्वी र पश्चिमी तटरेखाहरू मिल्छन्। यो कन्याकुमारीमा अरब सागर, हिन्द महासागर र बंगालको खाडी मिल्छ ।आम चुनावको अभियान समाप्त भएपछि, मोदी हरेक पटक आध्यात्मिक यात्रामा जान्छन् र २०१९ को चुनाव प्रचार पछि, उनी केदारनाथ गए र वर्ष २०१४ मा उनी शिवाजी महाराजसँग सम्बन्धित प्रतापगढ गएका थिए ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_qhK5d2bzVv_dywzg4vex3vrfejvhjuwfjnkjg3i6h2odiapygthbpdjllxfbiybkq0fohfm.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_T2HpgWcwuI_uuumal9dwvfq1olhndh24vd60wbtzxeeldqiolnrtvmwurz9ljmah6g6z7oc.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_uWtWe6Ep0U_wadhcfez1wofvkmzxkjpxvesugxcdf3cvzzhhdymotjsffhwumsyxf5kpojn.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया