ताइवानलाई घेरा हाल्दै चीनको युद्ध अभ्यास

काठमाडौँ । तीन दिनअघि ताइवानमा चीन विरोधी नेता विलियम लाइ चिङ टेले राष्ट्रपति पदको सपथ ग्रहण गरेपछि चीनले बिहीबारदेखि ताइवानलाई चारैतिरबाट घेरेर दुई दिने अभ्यास सुरु गरेको छ । चीनले ताइवानविरुद्ध यति ठूलो युद्धाभ्यास गरेको यो पहिलो पटक हो ।
यसअघि ताइवानमाथि मात्रै आर्थिक नाकाबन्दी लगाउँदै आएको थियो । वास्तवमा, ताइवानमा यस वर्ष जनवरीमा भएको राष्ट्रपतीय चुनाव अघि चीनले उम्मेदवार लाइ चिङ टेलाई पृथकतावादी भनेको थियो ।
तर, चीनको धम्कीका बाबजुद पनि ताइवानमा चिनियाँ विरोधी नेता लाइ चिङ टे विजयी भएका थिए । चीनको यस अभ्यासमा लडाकु विमान र धेरै नौसेना युद्धपोतहरू संलग्न छन् ।
चीनको समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले यो अभ्यास सुरु गरेको हो । चीनले यस अभ्यासलाई 'ज्वाइन्ट सोर्ड-२०२४ ए' नाम दिएको छ । यसका अलावा ताइवान, किनमेन, मात्सु, वुकिउ र डोंग्यिन टापुहरूमा पनि अभ्यास भइरहेको छ ।
ताइवानका नवनियुक्त राष्ट्रपति लाइ चिङ–टेले चीनलाई सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन् । लाइले चीनलाई आफ्नो क्रोध रोक्न र सम्पूर्ण क्षेत्रमा शान्ति कायम गर्न प्रयास गर्न अपील गरेका छन् । लाइका अनुसार अभ्यास भइरहेको टापुहरू ताइवानकै हुन् । साथै, ताइवानी सेनालाई पनि अलर्टमा राखिएको छ, ताकि सम्पूर्ण क्षेत्रमा शान्ति कायम होस् ।
राष्ट्रपति बनेपछि लाइले आफ्नो पहिलो सम्बोधनमा पनि ताइवान एक स्वतन्त्र देश हो, जसले देशको सार्वभौमसत्ता कायम राख्न जे पनि गर्न सक्छ भन्ने कुरा पनि बताए । ताइवान सरकारले आफ्नो लोकतन्त्र र स्वतन्त्रतामा कुनै सम्झौता गर्दैन।
त्यसको भोलिपल्ट चिनियाँ विदेशमन्त्री वाङ यीले ताइवानको प्रतिवाद गरे । उनले भने, 'ताइवानका नयाँ राष्ट्रपति लाइ चिङ्-टे र उनका सहयोगीहरूले आफ्नो कार्यले देशलाई मात्र होइन हाम्रा पुर्खाहरूलाई पनि धोका दिएका छन् ।'
चिनियाँ सेनाले ९६ वर्ष पूरा गरेपछि पनि यो अभ्यास भएको हो । यसअघि गत वर्षको अगस्टमा पनि चिनियाँ सेना पिपुल्स लिबरेशन आर्मी (पीएलए) का सैनिकहरू ताइवानमा आक्रमणको लागि तालिम लिइरहेको देखिएका थिए ।
अमेरिकाले सन् १९७९ मा चीनसँगको सम्बन्ध पुनर्स्थापित गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको थियो । तर, चीनको आपत्तिका बाबजुद अमेरिकाले ताइवानलाई हतियार आपूर्ति जारी राखेको छ । अमेरिकाले पनि दशकौंदेखि एक चीन नीतिलाई समर्थन गर्दै आएको छ, तर ताइवानको मुद्दामा अस्पष्ट नीति अपनाइरहेको छ।
राष्ट्रपति जो बाइडेन हाल यस नीतिबाट टाढा रहेको देखिन्छ । उनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकालाई बचाउन आउने बताएको छ । बाइडेनले हतियार बिक्री जारी राख्दै ताइवानसँग अमेरिकी अधिकारीहरूको सम्बन्ध बढाएको छ ।
अमेरिकी विश्लेषकहरूको आधारमा चीनको सैन्य क्षमता यति हदसम्म बढेको छ कि ताइवानको रक्षामा अमेरिकी विजय अब ग्यारेन्टी छैन । चीनसँग अहिले विश्वको सबैभन्दा ठूलो नौसेना छ र अमेरिकाले त्यहाँ सीमित जहाज मात्र पठाउन सक्छ ।
यदि चीनले ताइवान कब्जा गर्छ भने, उसले पश्चिमी प्रशान्त महासागरमा आफ्नो प्रभुत्व देखाउन थाल्नेछ। यसले गुआम र हवाई टापुहरूमा रहेको अमेरिकी सैन्य अड्डाहरूलाई पनि खतरामा पार्न सक्छ ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_uNfzg4ffE9_zsuvlfv8j5ct9zua7lqggppbhofyfpesckvle8i8wcnvxmjcsqxzb13a3c4o.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_f0tFF3z3io_t3dkchulrjwnmls0hhmunmif4jfgetyhh8z6hvo2t94lhtpnxdhnx7eonkbc.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_uWtWe6Ep0U_wadhcfez1wofvkmzxkjpxvesugxcdf3cvzzhhdymotjsffhwumsyxf5kpojn.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया