नर्वेले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने

काठमाडौँ । नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले आफ्नो देशले प्यालेस्टाइनलाई राज्यको रुपमा मान्यता दिने बताएका छन् । उनले मे २८ मा नर्वेले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने बताए ।नर्वेपछि अब आयरल्याण्ड र स्पेनले पनि प्यालेस्टाइनलाई राष्ट्रको रुपमा मान्यता दिन सक्ने विश्वास गरिएको छ । यस निर्णयको विरोधमा इजरायलले आयरल्याण्ड र नर्वेबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ ।
नर्वेका प्रधानमन्त्री स्टोरले गाजामा जारी युद्धले शान्ति र स्थायित्व हासिल गर्न प्यालेस्टाइन समस्याको समाधान आवश्यक रहेको कुरा 'पूर्ण रूपमा स्पष्ट' गरेको बताएका छन् । उनले नर्वेले दुई राज्य समाधान इजरायलका लागि राम्रो हुने विश्वास व्यक्त गरे ।स्टोरले यो कदमले अन्य देशहरूलाई पनि त्यही बाटो पछ्याउन 'बलियो सन्देश' पठाउने बताएका छन् । यो निर्णय लगत्तै इजरायलले वार्ताका लागि आयरल्याण्ड र नर्वेबाट आफ्ना राजदूतहरूलाई तुरुन्त फिर्ता बोलाउने बताएको छ ।
इजरायलका विदेशमन्त्री इजरायल काइट्जले ट्विट गर्दै भने, 'मैले आयरल्यान्ड र नर्वेलाई स्पष्ट सन्देश पठाइरहेको छु । इजरायलको सार्वभौमसत्तामा आँच पुर्याउने र यसको सुरक्षालाई खतरामा पार्नेहरूका सामु झुक्ने छैन । चुप लागेर बस्ने छैन । यदि स्पेनले पनि प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएको छ भने, तिनीहरू विरुद्ध कदम चालिनेछ ।इजरायली विदेशमन्त्रीले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने निर्णयले विश्वलाई 'आतंकवादलाई इनाम दिइन्छ' भन्ने सन्देश दिएको पनि बताएका छन् ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_sCyY1bOcmR_b0gvgvkvpxq9vzhmna2becdyifat4kjxc9oda2qt17fek6s9wctxwycar9zb.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_YFUsOoSaCs_xjvb7mhm8p9kddzawakokqugoyorzlaxl11e6rdfgvl1ufqfksxciqiycieo.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_G0406tFk1b_gul5znd9drqn7xz7q4rmhzorb4t4c89psdg6bho1gxikzeonsazsauyguh8w.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया