ब्राह्मण लुक्सका आर्यनले सुनाए पुजारसार्कीको कथा

काठमाडौं । अभिनेताआर्यन सिग्देलकापिता पण्डित हुन् । बाबु पण्डित भएपनिआर्यनले बाबुको बिँडो समातेनन् । उनीअभिनयतिर लागे ।भगवानमनमा छन् भन्ने कुरामाविश्वास गर्नेआर्यन धेरै आस्तिक र नास्तिक छैनन् । वास्तविकजीवनमा ब्राह्मण चरित्र नदेखाएकाआर्यन ‘पुजार’का रुपमायही जेठ १० गतेबाट रिलिजहुने फिल्म ‘पुजार सार्की’ मा ब्राह्मण लुक्समा देखिँदैछन् ।
‘बुवा पण्डित भएपनिममा पुजापाठको गुण केहीथिएन । म आउट अफ ट्रयाकको मान्छे हुँ । म मनमाभएको भगवानदेखाइरहनु पर्दैन भन्ने सोचमाविश्वास राख्छु’, आर्यन भन्छन् ।
फिल्ममाआर्यनको ब्राह्मण लुक्स उनकै पिताबाट प्रभावितछ ।फिल्मकानिर्देशकदिनेश राउत र आर्यन मिल्ने साथीहुन् । कुनै दिनदिनेशले आर्यनको बुवाको एक पुरानो तस्वीर देखेका रहेछन् । फिल्मकालागिपात्रहरुको सेटिङ गर्ने क्रममादिनेशले आर्यनलाई बुवाको तस्वीर पठाउन भने ।
‘मलाई पुजारीको चरित्र निभाउन मेहनत गर्नुप¥यो । तर, लुक्स बनाउनभने मेहनत गर्नुपरेन । मेरो बुवाको फोटोसँग मेरो लुक्स ट्राई गर्ने बित्तिकै कुरा फाइनलभयो । तर, क्यारेक्टर मेरा लागिनयाँभएकाले त्यो चरित्र निभाउनगाह«ो भयो’, उनी भन्छन्,‘चरित्र मात्रहोइन, कास्कीको कास्कीकोटको भाषासिक्न र बुझ्न पनिझनगार्होभएको थियो । यो फिल्म मेरा लागिनिकै टफ थियो ।’
फिल्ममाआर्यनले दलित समुदायको प्रतिनिधित्व गर्ने अञ्जना बराइलीसँग प्रेम गर्छन् । ‘एकातिर पुजा पाठ, अर्कोतिर प्रेम । दुवै जिम्मेवारी निभाउननिकै चुनौतीपूर्ण थियो । मेरो चरित्र आफूभित्रै द्वन्द्व गरेको, पीडा बोकेर हिँडेको किसिमको छ । त्यस कारण प्रेमगर्दा पनि म त्यति साह«ो खुल्नपाउदिनँ र पूजागर्दा पनि धेरै पूजा गर्न पाउँदिन’, पुजार चरित्रबारे आर्यन सुनिए ।
आर्यनकालागिपुजार चरित्र चुनौतीपूर्ण लागेको रहेछ । अहिले शिक्षित समाजभनिएपनिजातीयताको विषयमा समाजअझै पनि पछाडि नै रहेको आर्यनकाबुझाई छ । ‘कति घटना अहिले पनि घटिरहेका छन् । कति समाचारमा आएहोलान्, समाचारमा नआएकाकति घटना होलान् । त्यही परिस्थितिसँगजुधेर फिल्म अगाडि बढेको छ’, उनी भन्छन् ।
नेपालीफिल्ममा ‘लभरब्वाई’को छवि बनाएकाआर्यन ‘पुजार सार्की’बाट आफ्नो छवि बदल्ने प्रयासमा छन् । ‘हामीले यो धारको फिल्म र मूलधारको फिल्मपनिगर्नुपर्छ भन्ने मेरो मान्यताहो । दुवैलाई सन्तुलन गरेर अगाडि लैजान सकियो भने उद्योगलाई फाइदा हुन्छ । राम्रो स्क्रिप्ट आयो भने प्रेमकथाको फिल्मपनि गर्छु । राम्रो तर फरक भूमिकाको स्क्रिप्ट आयो भने त्यसलाई बढी प्राथमिकता दिन्छु,’ आर्यन भन्छन् ।
आर्यन अझै पनिफिल्मकर्मीमा आर्यन केवल प्रेमकथाकामात्रफिल्ममाकाम गर्न रुचाउँछन् भन्ने मानसिकतालाई ‘पुजार सार्की’ले हटाउनेमा उनी ढुक्क देखिन्छन् । ‘मलाई फरक चरित्रमा प्रस्तुत गर्न हिचकिचाइरहनु भएकानिर्माताहरुलाई यो फिल्मले उहाँहरूको हिचकिचाहट मेटाइदिन्छ,’ आर्यनले दाबी गरे ।
आर्यन ‘पुजार सार्की’काविषय सबैले हेर्न आवश्यक रहेको बताउँछन् । ‘३५–४० वर्ष अघि हाम्रो समाजको अवस्थिति कस्तो थियो भन्ने पनिथाहा हुन्छ । इतिहास बुझ्न ‘पुजार सार्की’ हेर्नुपर्छ’, उनले भने ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_4X4vGd6G6v_a4aqnv9qlbddxmlkpjntkqt3f9zodhnafahb58bwm4sehhjedmpbgqzahk9d.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_SptGokaMsD_5nc6nlppubyjashkjkx78nwonve8jqkk9c73vbv6dviconebfsxe5xq88eci.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_1ik43IT512_gpuzcgklfuof9csvjb9ujddxdufkcxrm65wxv519uw0cqymidhvpjlvvuslk.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_Sig08OZ5g6_tgbm8pkdzegdriqcnldenzvnsibregjlpm9jce3qelnszxlzar7kq7dyxtlu.jpg)
प्रतिक्रिया