अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु

काठमाडौँ । अफगानिस्तानमा दुई सातादेखि परेको अविरल वर्षाका कारण ३१५ जनाभन्दा बढीको मृत्यु भएको छ । तालिवान अधिकारीहरूले मारिनेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।सीएनएनका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले मे १२ मा बदख्सान, घोर, बाघलान र हेरातमा सबैभन्दा बढी क्षति भएको जानकारी दिएको छ।
अविरल वर्षाका कारण १६ सय जना घाइते भएका छन् भने २ हजारभन्दा बढी घर डुबानमा परेका छन् । डब्लुएफपीले सामाजिक सञ्जाल पोस्टमा अफगानिस्तानमा आएको बाढीले ठूलो क्षति पुर्याएको बताएको छ । बाघलानमा सबैभन्दा बढी मृत्यु भएको छ । बगलानमा एक सयभन्दा बढी घाइते भएका छन् । बाघलान जाने बाटो बगेको कारण त्यहाँ राहत पुर्याउन ढिलाइ भएको अधिकारीहरुले बताएका छन् । त्यहाँबाट मानिसहरूलाई बाहिर निकाल्न सेना पठाइएको छ ।
तालिवानको रक्षा मन्त्रालयले मे ११ मा बाघलानमा मानिसहरूलाई बाहिर निकाल्न वायुसेना तैनाथ गरिएको बताएको थियो । यसैबीच अफगानिस्तानको तालिबान सरकारले अन्तर्राष्ट्रिय संस्थाहरूलाई ढिलाइ नगरी सहयोग गर्न आग्रह गरेको छ । तालिबानका अनुसार संगठनले सहयोग नगरे हजारौं मानिसको ज्यान जानेछ ।अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी)का अनुसार अफगानिस्तानका अधिकांश राज्यमा आपतकाल जस्तो अवस्था छ । विभिन्न आपत्कालीन टोली राहत कार्यमा जुटेका छन् ।
आईआरसीका निर्देशक सलमा बेन ऐसाले यो बाढीले मानवीय संकट निम्त्याएको बताइन् । अफगानिस्तानका जनता यस वर्षको सुरुमा गएको भूकम्पको पीडा झेलिरहेका थिए । तर अहिले बाढीले उनीहरूलाई झन् गरिबीमा धकेलिएको छ ।अफगानिस्तानका धेरै राज्यमा दुई सातादेखि बिजुली छैन। जनतासँग एक छाक किन्न सक्ने स्रोत छैन । गत महिना नै अफगानिस्तानको हेलमाण्ड र काजाकी जिल्लामा भारी वर्षा र बाढीका कारण घर भत्किँदा नौ जनाको मृत्यु भएको थियो ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_pHGnjzp5OJ_jyxbe8sa6iaxagpxuwftyumeaalcoe0julezurr5v4br1nfe9alnuesltita.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_ICInVpgw6g_kqdg9r44m7gsbuhso1pwgqj42jivzzhmpucclyf8ptmxppdpgynwgvkzxftq.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_IPNgebRPz3_ykqluyrzwiwmqje2njklhvb7ch7qm46m3jw6jytdfxesffoiyukuc9wvwrs8.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया