
sunny-leone-menforce7-new
बलिउडकीमा हट अभिनेत्री भनेर चिचिएकी पूर्व पोर्न स्टार सन्नी लियोनले आफ्नो करिअरको सुरुवातमा मोडलिङ गर्दा सबैले मोटी भन्ने गरेको खुलासा गरेकी छिन्। न्युयोर्क फेसन वीकमा र्याम्पमा उत्रिने पहिलो बलिउड अभिनेत्री बनेकी सन्नीले भर्खरै यसको खुलासा गरकी हुन्। सन्नी ८ सेप्टेम्बरमा विश्वको प्रतिष्ठित मानिने न्युयोर्क फेसन वीकमा र्याम्पमा हिडेकी थिइन्। उनले यतिबेला अर्चना कोचरले डिजाइन गरेको गाउन पहिरेकी थिइन्। उनलाई कहिल्यै मोडल बन्न नसक्ने घोषणा गरेका आलोचकका लागि यो घटना स्तब्ध पार्ने खालको थियो।
उनले न्युयोर्कबाट भारतीय मिडियालाई दिएको इमेल इन्टरब्यूमा भनेकी छिन्–‘मलाई अद्भुत अनुभव भइरहेको थियो। म सानैदेखि मोडल बन्न चाहन्थे।’ उनले १८ वर्षको उमेरदेखि आफूले मोडल बन्न थुप्रै प्रयास गरेको बताइन्। भनिन्–‘त्यतिबेला मलाई भनियो, म धेरै सानी छु र मोटी पनि।’ त्यतिबेला आफूप्रति कसैले चासो नराखेको उनले बताइन्।–एजेन्सी
प्रतिक्रिया