डिएसपी गैरे सुरेशले ल्याए 'मीरा हुँ म तिम्री’

काठमाडौं । फेब्रुअरी महिनालाई प्रेमको महिना पनि भन्ने गरिन्छ । त्यसै अवसरमा भ्यालेन्टाइन डेलाई मध्यनजर गर्दै सांगीतिक दुनियाँमा गैरे सुरेशका नामले परिचित सुरेश गैरेले भ्यालेन्टाइनको को पूर्वसन्ध्यामा प्रेमिल भावनाको गीत ‘मीरा हुँ म तिम्री’ सार्वजनिक गरेका छन् ।
गैरे सुरेशको संगीत रहेको ‘मीरा हुँ म तिम्री’ मा बेनिसा पौडेलको स्वर रहेको छ भने शब्द सविता बस्नेत दानीले लेखेकी छिन् ।
गैरे सुरेश अफिसियल च्यानलमार्फत् सार्वजनिक गरिएको उक्त गीतमा शिला गजुरेल र विशाल थापाको अभिनय रहेको छ ।
सन्दीप भुजेलले निर्देशन गरेको उक्त भिडियाको सम्पादन ओम प्रसाईले गरेका छन् ।
लामोसमयदेखि आधुनिक गीतमा स्वर र संगीत दिने गरेका गैरेले यसअघि तीज गीत सुरेश ‘हात्ती आयो लसलस’, भोले शंकर तिम्रो रुपै भयंकर बोलको शिवभजन पनि सार्वजनिक गरेका थिए ।
सांगीतिक दुनियाँमा सफल संगीतकारका रुपमा छाएका गैरे सुरेश ‘बिम्ब’मार्फत् सांगीतिक दुनियाँमा प्रवेश गरेका थिए । त्यसपछि उनका ‘सम्भावना’, ‘चर्चा’, ‘गुमनाम’, ‘शरद’लगायत २० बढी एल्बम बजारमा आएका छन्। यस्तै, उनले ‘नाइँ नभन्नू ल २’, ‘शब्द’, ‘राजधानी’ चलचित्रमा समेत संगीत भर्दै स्थापित संगीतकारका रूपमा परिचित छन् ।
उनले संगीत गरेका गीत र गजलहरू ‘यहाँ देशको छ चिन्ता’, ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘किन हजुर नबोलेको’, ‘तिम्रो मेरो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’, ‘कति बोलेर पछुताउँछन्’ आदि हरेक उमेर र वर्गका श्रोताका लागि लोकप्रिय र कर्णप्रिय छन्।
सांगीतिक दुनियाँबाट स्रोताहरुको मन जित्न सफल सुरेश सशस्त्र प्रहरी बलमा प्रहरी नायब उपरीक्षक (डिएसपी) समेत हुन् ।
%2520(8)_dXf97r3e0e_0qqync29yxdpstfsbjipeydg977a7p6swjkz32qzh2xl0vcou5jtd9ccksdw_9nbIpFC5qI_uezolyiecme99flgxjtfdmwe1r2bplegyf9kwi9uywalhv0xpymo4yrpyr9g.jpg)
जकारान्डाले रंग्याएको राजधानी (तस्विरहरू)

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

मोदर्स प्राइड स्कुलका शिक्षक तथा विद्यार्थीले अवलोकन गरे थ्रीडी आर्ट म्युजियम

राइजिङ स्टार एकेडेमी स्कुलका विद्यार्थीहरूले गरे चन्द्रागिरि थ्रीडी आर्ट म्युजियम…

लिटल मून इंलिश एकेडेमीका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजि…
%2520(1)%2520(3)_O7MdATRNds_wfq1vdjyv9h6byfvgx3tvhaephtyrozfdyyfuivnv9bsls8rvbixzkosbz1z_Tgt9cugPgN_xwuryv4jpipjqgjcrpxqnv293v161yleqkzfppkjqy371zkwmkljccyh84yt.jpg)
काठमाडौंमा होलीको किनमेलमा कमी, मुख्य बजारहरुमा छैन् चहलपहल

नविनज्योति इंग्लिस स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

प्रतिक्रिया