एलओडी तताउँदै जमैकन अमेरिकी डीजे वाल्सी फायर

काठमाडौं । ठमेलस्थित एलओडी क्लबमा जमैकन अमेरिकी डीजे वाल्सी फायरले प्रस्तुती दिने भएका छन् । क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

वाल्शी फायर जमैकन अमेरिकी डीजे, एमसी र रेकर्ड निर्मातासमेत पनि हुन् । उनी मेजर लेजरको  एक मुख्य सदस्य पनि हुन् ।

क्लबका निर्देशक रविन श्रेष्ठले वाल्सी फायरका कार्यक्रम ११ बजेदेखि सुरु हुने उनले जानकारी दिए । उनका अनुसार सहभागी हुन चाहने दर्शकले ई-सेवाबाट १ हजार मूल्यको टिकट लिन सक्नेछन् ।

एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित