उपराष्ट्रपति पुन ट्रिबर्न रिर्सट ललितपुरमा

ललितपुर ।
उपराष्ट्रपति नन्द बहादुर पुनले ललितपुरको सिस्नेरीमा हालै मात्र संचालनमा आएको ट्रिबर्न रिर्सट भ्रमण गरेका छन् । ललितपुरको पर्यटकिय नगरि लाँकुरी भन्ज्याङको फेदिमा संचालनमा आएको अन्तर्राष्ट्रिय स्तरका भिल्ला समेत रहेको ट्रिबर्न रिर्सटमा उपराष्ट्रपति पुन नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एबम् भक्तपुर इन्चार्ज दिलिप कुमार प्रजापती सहितको टोलिले करिब १ घण्टा समय बिताएको रिर्सटका संचालक एबम् ब्यबसायी नरेश रन्जितले बताए ।
बिभिन्न पेशा ब्यबसायसँग आबद्ध युवाहरुद्धारा संचालित रिर्सट भ्रमण पश्च्यात उपराष्ट्रपति पुनले शहरको भिडभाड भन्दा पर रमणिय र शान्त प्राकृतिक वातावरणमा निमार्ण गरिएको रिर्सटको साज सज्जा र स्वादिष्ट खानाले सबैको मन लोभ्याउने बताए । रिर्सट संचालनमा आएसँगै उक्त श्रेत्रमा पर्यटकिय तथा आर्थिक गतिबिधि समेत बढ्ने उपराष्ट्रपति पुनको भनाई थियो ।
लामो समय आतिथ्य सत्कार लगाएतका श्रेत्रमा काम गर्दै आएका उज्जन कुमार श्रेष्ठ , नरेश रन्जित , राजु कुटु , डिकेन कुटु , नबिन श्रेष्ठ लगायत समुहले तारे होटेल स्तरको सेबा सुबिधा सहित रिर्सट संचालन गरेको हो । ललितपुरको ग्वार्को चोकबाट करिब ८ किमि दुरिमा रहेको नेपालकै एउटा महत्त्वपूर्ण पर्यटन गन्तव्यका रूपमा विकास हुदै गएको स्थानमा रहेको यस ट्रिबर्न रिर्सटमा अन्तर्राष्ट्रिय स्तरका भिल्ला सहित , बिभिन्न कार्यक्रमका लागि सेमिनार हल , स्वना -स्पा , ज्याकुजि ,स्मिीड पुल लगायतका सेबाहरु उपलब्ध रहेको छ ।
वनजंगलले ढाकिएको प्राकृतिक सुन्दरताको मनमोहक दृश्य, सिंगो उपत्यकालाई दृश्यावलोकन गर्न सकिने एबम् हिमालको दृष्यले रिर्सट पुग्ने जो कोहिको पनि मन प्रफुल्लित हुने संचालक रन्जितले बताए ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_WYbjnnrLS5_lifayltjmhfyvzxcivzkehawfnntv4emujgu6bdniifqtasdaj3zzwvockld.jpg)
प्रतिक्रिया