अस्मिताको फिल्म खेल्ने इच्छा

विद्यालय अध्ययनका क्रमदेखि सानातिना सांस्कृतिक कार्यक्रममा भाग लिँदै आएकी अस्मिताले अहिले भने राम्रो गाउन र अभिनयमा दखल राख्न सक्छिन् । अस्मितालाई राजधानीको बसाइँले आँट जगाइ दिएको छ । गाउँको साधारण विद्यालयमा अध्ययन गर्ने बेला आफू पनि कुनै बेला टिभी वा फिल्मको पर्दामा देखिने छु भन्ने उनलाई कहिल्यै लागेकोे थिएन ।
अहिले आएर त्यो सपना पूरा हुने तरखरमा छ । फिल्मका लागि उनले पहिल गरिरहेको बताइन् । ‘फिल्ममा खेल्न पाएँ भने सानो रोल पनि खेल्न तयार छु’, उनले भनिन्, ‘म्यूजिक भिडियो छ्यास छ्यास्ती बनेका छन् । त्यसमा अहिले नै खेल्ने धेरै रहर छैन ।
बरु फिल्म वा टेलिफिल्ममा खेल्ने मेरो ठूलो सपना छ ।’आफ्नो आत्मविश्वासका कारण अहिले भने उनमा राम्रो प्रोजेक्टमा अभिनय गर्ने आशा जागेको छ । अभिनयप्रति रुची राख्ने अस्मिताले आफूभित्रको कलाकारितालाई धोको खुलाएर निखार्ने मौका भने पाएकी छैनन् ।नाटक उनलाई मन पर्छ । ‘अभिनयको यात्रा नाटकबाट सुरु गर्दा त्यसले कुनै पनि फिल्म वा टेलिसिरियलको रौनक नै बललिदिने गर्छ’, उनले भनिन्, ‘म गाउँघरतिरका नाटकमा खेलिसकेकी छु ।’
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_yNfCPHnRYM_71bcoi7i56iag2lgkdzkeikopzd29ge4gusgbtdwdffpz8k0szta4n3kkqx2.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया