२३ पटक रिजेक्ट भएर २४औं पटकमा फाइनल भएको डीडीएलजेको त्यो गीत

मुम्बई।
मनोरञ्जन जगतमा फिल्म र फिल्मसँग सम्बन्धित कलाकारसँग जोडिएका किस्सा तथा कथा लोकप्रिय छन् । भारतीय फिल्मको इतिहासमा सर्वाधिक लोकप्रिय र लामो समयसम्म फिल्म हलमा रिलिज भएको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे) को एक किस्सा निकै रोचक छ ।
९० को दशकमा रिलिज भएको राज र सिमरनको यो प्रेमकथालाई सबै भारतीय दर्शकले मन पराएका थिए । शाहरुख खान र काजोलको यो शानदार केमिष्ट्री सजिएको फिल्मलाई भारतीय फिल्ममा अहिलेसम्मकै उत्कृष्ट रोमान्टिक फिल्मका रुपमा चित्रण गरिन्छ । यो फिल्म करिब २५ वर्षसम्मम फिल्म हलमा रिलिज भयो । कतिपय हलमा त अहिले पनि यो फिल्म प्रदर्शन भइरहेको छ ।
यो फिल्मको एक गीत ‘मेरे ख्वाबों में जो आए’ गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । काजोललाई चित्रण गरिएको यो गीतलाई गीतकार आनन्द बक्सीले लेखेका हुन् । यो गीत २३ पटक रिजेक्ट भएर २४औं पटक फाइनल भएको थियो ।
गीतकार बक्सी पटक पटक यो गीत लेखेर आदित्य चोपडालाई देखाउँथे, तर गीतको बोल मन नपरेको भन्दै चोपडाले हरेक पटक गीत अस्वीकार गर्थे । आनन्दले २३ पटक गीत देखाउँदै २३ पटक नै अस्वीकृत भएको थियो । २४ औं पटकमा भने बक्सीले गीतमा परिवर्तन गरेर आदित्यले गीतलाई फाइनल गरेका थिए ।
सन् १९९५ मा रिलिज यो फिल्ममा अमरीश पुरी, अनुपम खेर, फरीदा जलाल, करण जोहार, मन्दिरा वेदीजस्ता कलाकारको अभिनय थियो ।
(एजेन्सी)

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_GWCqQefrjY_7ysmnw1ue4b7n7tiu10enbubryn6iphwxyrmkpxuzeo7ffx1mcloo7d9rbfv.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_EHeU0b8M24_upf0t9dj6zrwcd2184103kbzhnpo0i2floakbinp0sivot162wqzduhpwacp.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_ilzifoPEcq_nutyow2rdpz1x6u9jgjkornvu6looqkjz786gwb6aatblzbrzrwr40uybpxy.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_wNX0AAROwL_34yxcj9dbq67bfizx046sefuplkkrxzv99ggoehjubxj0o0cd5m0zemyddqu.jpg)
प्रतिक्रिया