पुष्पा २ मा अर्जुन कपुर पुलिस अफिसर

मुम्बई ।
फिल्म ‘पुष्पा’ को दोस्रो भागलाई लिएर एक नयाँ खबर बाहिर आएको छ । खबरअनुसार ‘पुष्पा २’ लाई बलिउडसँग छुवाउनका लागि निर्माताले अभिनेता अर्जुन कपुरलाई अभिनय गराउने भएका छन् । फिल्ममा अर्जुन पुलिस अफिसरको भूमिकामा हुनेछन् ।
फिल्मका निर्माताहरु फिल्मलाई ‘पुष्पाः द राइज’ भन्दा कैयौं ठूलो बनाउन चाहन्छन् । सोही कारण उनीहरुको ध्यान बलिउडका दर्शकलाई आफ्नो फिल्ममा आकर्षण रहेको छ । फिल्ममा अर्जुनलाई अभिनय गराउने भनिए पनि यो विषयमा हालसम्म आधिकारिक केही जानकारी बाहिर आएको छैन । यदि यो फिल्मका लागि अर्जुनले सहमति जनाए पनि उनको यो पहिलो तेलुगु फिल्म हुनेछ ।
बलिउडमा अर्जुनले खासै केही कमाल देखाउन सकेका छैनन् । यो अवस्थामा यसअघि हिट भइसकेको ‘पुष्पा’को सिक्वेलमा उनलाई देखिनु करियरका लागि नयाँ उचाइ हुने विश्वास गरिएको छ ।
‘पुष्पाः द राइज’ गत वर्षको डिसेम्बर १७ मा रिलिज भएको थियो । फिल्ममा अल्लू अर्जुनले ‘पुष्पाराज’ र अभिनेत्री रश्मिका मन्दानाले ‘श्रीवल्ली’को भूमिकामा अभिनय गरेका थिए । फिल्मले विश्वव्यापी रुपमा ३ सय ५० करोड बढी कलेक्सन गरेको थियो । फिल्म ‘पुष्पा २’ को बजेट निर्माताले ४ सय ५० करोड बताएका छन् ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_MB7z6hZ9Pv_jusjqyj1mh2zlilqablnaagrflxdxhxynzfwnjhu62aweu9nicyouxcw0f1u.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_iBt8iLbPWE_nrhpvrfzlh5mmrrz4xpqwzqvm9vbkzvmuepk6uhm8y2xauukiioierwz7io1.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_MuIH8VSZ4D_fu7jcmtt9p1ifo7j4jpkenawatju0xfnfg0xk2mwaemelfcxfdph5wz09hpc.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_wNX0AAROwL_34yxcj9dbq67bfizx046sefuplkkrxzv99ggoehjubxj0o0cd5m0zemyddqu.jpg)
प्रतिक्रिया