भारतमा हिमपहिरोमा परि १० पर्वतारोहीको मृत्यु, १८ जना बेपत्ता

भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको ज्यान भएको पुष्टि भएको छ । आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डको ‘द्रौपदीका डाँडा–द्वितीय’ हिमालको चुचुरोनजिक मंगलवार बिहान गएको हिमपहिरोमा परी दर्जनौँ आरोही प्रशिक्षार्थी बेपत्ता भएका थिए ।
उनीहरूमध्ये चार जना मंगलवार नै मृत अवस्थामा भेटिएका थिए । भारतीय वायु सेना र स्थानीय विपद् निकायले बेपत्ताको खोजी गरिरहेका छन् । उद्धार टोलीले अहिलेसम्म १० जनाको शव फेला पारेको उत्तराखण्ड राज्य प्रहरी बलले ट्वीटरमा उल्लेख गरेको छ ।
नेहरु इन्स्टिच्युट अफ माउन्टेनियरिङका अनुसार आरोहणमा ३४ जना प्रशिक्षार्थी, सात जना प्रशिक्षक र एक जना नर्सिङ असिस्टेन्ट गरी ४२ जना रहेका थिए । तीमध्ये १४ जना घाइते छन् ।
बेपत्ताको खोजी गर्न वायु सेनाका दुई वटा हेलिकप्टर पठाइएको विपद् व्यवस्थापन विभागका वरिष्ठ अधिकारी देवेन्द्रसिंह पटवाललाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी भारतीय आरोही सविता कंसवालको ज्यान गएको पुष्टि गरे । उनले हिमपहिरोमा परी घाइते भएका र मृतकका परिवारलाई सरकारले तत्काल आर्थिक सहयोग गर्ने बताए ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_R6h9TEOmrw_lzh5nmeei029ssxbzprr04btliwl5qlhzqxbrsovur305fkk4v1lca6yn2ve.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया