चलचित्र ‘म राजेश हमाल’को फस्टलुक पोस्टर सार्वजनिक, चैत १० गतेदेखि प्रदर्शनमा आउने

काठमाडौँ ।
नेपाली फिल्मका सुपरस्टार राजेश हमाल बन्न चाहने मुख्य चरित्रकोलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘म राजेश हमाल’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । उक्त चलचित्र आगामी चैत १० गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो ।
निर्माता केदार भुसालले जन्मदिन छेकोमा फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् । स्केच डिजाइनमा तयार पारिएको पोस्टरमा लेखिएको छ, ‘राजेश हमाल सुपरस्टार मात्र हैनन बरु एक भावना हुन् ।’ पोस्टरले फिल्मको कथावस्तुको थिम झल्काएको छ । पोस्टरमा गुडिरहेको ट्रकको पछाडि एक किशोरी कुदिरहेको देख्न सकिन्छ ।
निर्माता भुषालले हमालको जीवनमा फिल्म आधारित नरहेको बताए । जोन योञ्जन निर्देशित फिल्ममा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एवानराज उप्रेती, संजोग रसाइली र अस्मिता लामिछानेको मुख्य भुमिका छ । आर्यन सिग्देल विशेष भूमिकामा देखिने छन् भने राजेश हमालको आवाजले कथा बोकेको छ ।
कथाकार जोन योञ्जन हुन भने पटकथा सायदले लेखेका हुन् । आलोक शुक्लाको छायांकन, भीम विश्वकर्माको सम्पादन, मणिरत्न त्रिपाठीको साउण्ड डिजाइन रहेको फिल्मको स्क्रिप्ट डक्टर भने केशव पाण्डे हुन ।
किरण कुमार महर्जन सह(निर्माता रहेको फिल्ममा जिवलाल भुसाल, नविन भुसाल र श्रृषा भुसाल भने कार्यकारी निर्माता हुन् । बड पिक्चर, जोय पपया, ट्राइडेन्ट कन्सेप्ट र फोपिको ब्यानरमा बनेको फिल्म फिल्कर आर्ट्सले निर्माण गरेको हो ।
निर्माता भुसालले यसअघि प्रदर्शनको लागि घोषणा गरेको उनको पहिलो फिल्म ‘कौसिद’को प्रदर्शन मिति कोजाग्रत पुर्णिमाको दिन सार्वजनिक गर्ने जानकारी दिए ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_MB7z6hZ9Pv_jusjqyj1mh2zlilqablnaagrflxdxhxynzfwnjhu62aweu9nicyouxcw0f1u.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_iBt8iLbPWE_nrhpvrfzlh5mmrrz4xpqwzqvm9vbkzvmuepk6uhm8y2xauukiioierwz7io1.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_MuIH8VSZ4D_fu7jcmtt9p1ifo7j4jpkenawatju0xfnfg0xk2mwaemelfcxfdph5wz09hpc.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_wNX0AAROwL_34yxcj9dbq67bfizx046sefuplkkrxzv99ggoehjubxj0o0cd5m0zemyddqu.jpg)
प्रतिक्रिया