मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश भिड्दै

nepal_football_team_26PmxSM8OA
काठमाडाैं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल आज हुँदैछ । खेल बेलुका साढे पाँच बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा सुरु हुनेछ ।
यो खेलमा नेपालको कप्तानी गोलकिपर किरण लिम्बुले गर्नेछन् । खेलअघि हिजो भएको पत्रकार सम्मेलनमा राष्ट्रिय टिमका कार्यकारी प्रशिक्षक प्रदीप हुमागाईंले नेपालको कप्तानी किरणले गर्ने जानकारी दिए ।
यस अघि कुवेतमा भएको एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको कप्तानी नवयुग श्रेष्ठले गरेका थिए । तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादको कारण किरण टोलीमा थिएनन् ।
किरण बंगलादेशसँगको खेलबाट टोलीमा फर्किएका हुन् । एन्फाले आजको खेलमा समान्यतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट मूल्य तोकेको छ ।
सीमित ८० सिटका लागि भने ५ हजार रुपैयाँ तोकिएको छ । नेपालले बंगलादेशसँग अहिलेसम्म २४ खेल खेलेकोमा बंगलादेशले १२ खेलमा जितेको छ । नेपालले ७ खेल मात्रै जित्दा ५ खेल बराबरीमा सकिएको छ । नेपालले सन् १९८३ मा पहिलो पटक बंगलादेशसँग खेलेको थियो ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_GWCqQefrjY_7ysmnw1ue4b7n7tiu10enbubryn6iphwxyrmkpxuzeo7ffx1mcloo7d9rbfv.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_4bkXoFrUSX_ekul5yzdrtdxzjadtnqqxmkdmnwwsgybuvgbufahqhv4f5u1x65lxcekktsu.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_ilzifoPEcq_nutyow2rdpz1x6u9jgjkornvu6looqkjz786gwb6aatblzbrzrwr40uybpxy.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_wNX0AAROwL_34yxcj9dbq67bfizx046sefuplkkrxzv99ggoehjubxj0o0cd5m0zemyddqu.jpg)
प्रतिक्रिया