एमाले अध्यक्ष ओली झापामा

oli-jhapa

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापा पुगेका छन् । पार्टीका विभिन्न कार्यक्रममा सरि हुन ओली झापा पुगेको जनाइएको छ ।

यसैबीच नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएलगत्तै ओली झापा जानुलाइ संयोग मानिएको छ । तर, ओलीको झापा भ्रमण बुधबार नै तय भइसकेको थियो ।

प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । तर, डेढ घन्टाढिला भइसक्दा पनि बस्न सकेको छैन । आजको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने सांसदहरूको नाम प्रस्तुत हुने कार्यसूची छ ।

त्यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सामान्य संशोधन गर्न फिर्ता पठाएको नागरिकता विधेयक निर्णयार्थ पेस हुने कार्यसूची पनि छ ।

बिहीबार बिहान बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति नजुटेपछि आजै नागरिकता विधेयक पारित गर्ने तयारी छ ।

केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित