‘केही हुन्न भेट हुँदैमा’लाई छोटो समयमै यूट्यूबमा २० लाख बढि भ्युज

काठमाडौं ।
नेपाली सांगितिक श्रेत्रका सक्रिय गायक नरेश बुढाथोकी र गायिका टीका प्रसाईको ‘केही हुन्न भेट हुँदैमा’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको छोटो समयमा नै गीतलाई यूट्यूबमा २० लाख भन्दा धेरै पटक हेरिएको छ । बजारमा आएको छोटो समयमै यो गीतले आम दर्शक श्रोताहरु बिच लोकप्रियता हासिल गरेको छ । पछिल्लो समय यो गीतलाई टिकटक र बिभिन्न समारोहमा धेरै नै रुचाइने गीतकारुपमा लिइएको छ ।
राहुल शाह र मलिका महतले अभिनय गरेको उक्त भिडियोको निर्देशन पनि राहुल शाहले नै गरेका छन् । मनोज बस्नेत र एटके एभरेष्ट मोसन पिक्चर्स तथा भाइब एण्ड वेभसँगको सहकार्यमा बजारमा आएको उक्त गीतको शब्द लोकप्रिय सर्जक एकनारायण भण्डारीको रहेको छ ।
राग स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीत कुशल गौतमले रेकर्ड गरेका हुन् भने मेकअप अनिता ग्वाछाको रहेको छ । उक्त भिडियोको सम्पादन पवन सुस्लिङले गरेका छन् । यसअघि ‘कान्छी हो कान्छी’गीतमा स्वर दिएका बुढाथोकीले अब आउन लागेको गीत फरक किसिमको भएको बताएका छन् ।
बुढाथोकीले गाएको कान्छी हो कान्छीमा गायिका अञ्जु पन्तले पनि साथ दिएकी थिइन् । नेपाल आइडल सिजन–४ का अडिसन राउण्डमा प्रि–जजको भूमिका निर्वाह गरिसकेका बुढाथोकी लामो समयदेखि संगीत साधनामा सक्रिय छन् ।
पछिल्लो समय लोकप्रियता कमाईरहेका बुढाथोकीले निकट भविष्यमा पनि अन्य गीतहरु ल्याउने तयारीमा रहेको पनि जनाएका छन् ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_MB7z6hZ9Pv_jusjqyj1mh2zlilqablnaagrflxdxhxynzfwnjhu62aweu9nicyouxcw0f1u.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_SUVaIhih2K_mlijmncuoh3a3j2yrhlxo05l1x2c100cfio74yo7e83vih6cr83uhjrbhrl2.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_ilzifoPEcq_nutyow2rdpz1x6u9jgjkornvu6looqkjz786gwb6aatblzbrzrwr40uybpxy.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_wNX0AAROwL_34yxcj9dbq67bfizx046sefuplkkrxzv99ggoehjubxj0o0cd5m0zemyddqu.jpg)
प्रतिक्रिया