आठौं नेशनल क्यापिटल अवार्डः शम्भुजितलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

काठमाडौं । ‘आठौं नेशनल क्यापिटल अवार्ड’मा गायिका दुर्गा खरेल र गायक राजकुमार सिंहले सर्वोत्कृष्ट गायक÷गायिकाको अवार्ड पाएका छन् ।
पूर्वसञ्चारमन्त्री एवं एमालेका सांसद पार्वत गुरुङको प्रमुख आतिथ्यमा आइतबार संघीय राजधानी काठमाडौंमा सम्पन कार्यक्रममा गायिका खरेल ‘नथिया’ गीतबाट सर्वोत्कृष्ट गायिका ठहरिएकी छन् भने गायक सिंहले ‘बलेको आगो’ गीतबाट अवार्ड पाएका हुन् ।
यस्तै, ‘नथिया’ गीतबाटै अर्जुन पोखरेलले ‘पपुलर संगीतकार अफ दि इयर’को अवार्ड हात पारेका छन् । विभिन्न विधामा अवार्ड तथा सम्मान वितरण गरिएको कार्यक्रममा वरिष्ठ संगीतकार शम्भूजित बास्कोटालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।
यस्तै, कार्यक्रममा लोकदोहोरीतर्फ ‘सर्वोत्कृष्ट गायिका’को अवार्ड निर्मला थापा मगरले पाएकी छन् । उनले ‘माया लाएर’ बोलको गीतबाट अवार्ड हात पारेकी हुन् ।
‘सर्वोत्कृष्ट लाइभदोहोरी गायिका’को अवार्ड भने रेजिना परियारले पाएकी छन् । कार्यक्रममा ‘सर्वोत्कृष्ट दशकको गीतकार’ लोकदोहोरीतर्फ प्रेम बराललाई अवार्ड दिइएको छ भने मनोहर सुनामलाई दशकको संगीतकारको सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा पत्रकार सानुकाजी श्रेष्ठलाई ‘पत्रकारिता रजत सम्मान’, पत्रकार एमपी सुब्बालाई ‘राष्ट्रिय पत्रकारिता सम्मान’ र गायक अमृत खाती र गायिका सीता केसीलाई ‘राष्ट्रिय युवाप्रतिभा सम्मान’ प्रदान गरिएको छ ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_MB7z6hZ9Pv_jusjqyj1mh2zlilqablnaagrflxdxhxynzfwnjhu62aweu9nicyouxcw0f1u.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_iBt8iLbPWE_nrhpvrfzlh5mmrrz4xpqwzqvm9vbkzvmuepk6uhm8y2xauukiioierwz7io1.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_MuIH8VSZ4D_fu7jcmtt9p1ifo7j4jpkenawatju0xfnfg0xk2mwaemelfcxfdph5wz09hpc.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_wNX0AAROwL_34yxcj9dbq67bfizx046sefuplkkrxzv99ggoehjubxj0o0cd5m0zemyddqu.jpg)
प्रतिक्रिया