सुष्मालाई प्रथम मिस तमुस्यो लमजुङ-२०२२को उपाधि

लमजुङ । प्रथम मिस तमुस्यो लमजुङ २०२२ को उपाधि सुष्मा गुरुङले जितेकी छन् ।दोर्दी गाउँपालिका-९ हिलेटक्सार घर भइ हाल बेसीसहर बस्दै आएकी गुरुङ बेसीसहरमा आयोजित मिस तमुस्यो लमजुङ २०२२ को ग्राण्ड फिनालेमा प्रतियोगिताका ८ जनालाई पछि पार्दै पहिलो मिस तमुस्यो लमजुङ बन्न सफल भएकीहुन् ।
वविता क्लिप्स् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड बेसीसहर र पाचोक नौथरतमु समाज काठमाडौंले आयोजना गरेको प्रतियोगिताका विजयीलाई २०१८ को अन्तराष्ट्रिय मिस तमुस्यो नेपालका विजेता एवं आयोजक संस्थाका अध्यक्ष वविता गुरुङ, मिसेस लमजुङ २०१७ का विजेता शोभा ठकुरी लगायतले ताज पहिरिएका थिए ।
प्रतियोगितामा फस्ट रनरअप गृष्णमा गुरुङ र सेकेण्ड रनरअप निरुता गुरुङभएका छन् । उनीहरूलाई क्रमशः ताज र प्रमाणपत्र वितरण गरिनुका साथै विभिन्न गिफ्टह्याम्पर प्रदान गरिएको थियो ।
विजयी सुष्माले वेष्ट डिसिप्लिङको अवार्ड समेत जितेकी छन् । वेस्ट फिगर रवेस्ट फोटोजेनिकको अवार्ड विपना गुरुङ, वेस्ट वाकको अवार्ड ज्योति गुरुङ, वेस्ट पर्सनालिटीको अवार्ड इन्दु गुरुङ, वेस्ट स्माइल र मोष्ट ट्यालेन्टको अवार्ड सुमित्रा गुरुङले जितेकी छन् ।
यस्तै कार्यक्रममा आयोजक विजेता बनेकी माया गुरुङले वेस्ट हेयर, निरुता गुरुङले वेस्ट ल्याङ्ग्वेज, गृष्मा गुरुङले मस्ट पपुलरको उपाधि पाएका छन् ।
प्रतियोगिताको निर्णायकमा गुरुङ फिल्मका निर्देशक तथा नायक प्रितम गुरुङ, नायिका खुशी गुरुङ र गीतकार आश गुरुङ रहेका थिए । यस्ता कार्यक्रमले गुरुङ संस्कार र सस्कृतिको संरक्षणमा टेवा पुग्ने गुरुङ अगुवाहरु बताउँछन् ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_MB7z6hZ9Pv_jusjqyj1mh2zlilqablnaagrflxdxhxynzfwnjhu62aweu9nicyouxcw0f1u.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_SUVaIhih2K_mlijmncuoh3a3j2yrhlxo05l1x2c100cfio74yo7e83vih6cr83uhjrbhrl2.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_ilzifoPEcq_nutyow2rdpz1x6u9jgjkornvu6looqkjz786gwb6aatblzbrzrwr40uybpxy.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_wNX0AAROwL_34yxcj9dbq67bfizx046sefuplkkrxzv99ggoehjubxj0o0cd5m0zemyddqu.jpg)
प्रतिक्रिया