साइबर सर्कल विभागको आयोजनामा ‘निर्वाचन र नेकपा एमाले’ टिकटक भिडियो प्रतियोगिता हुँदै

काठमाडौं । नेकपा एमालेसम्बद्ध साइबर सर्कल बिभागले निर्वाचन केन्द्रीत टिकटक प्रतियोगिता गर्ने भएको छ । साइबर सर्कल विभागले आगामी स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा ६ लाख रुपैयाँ राशीको पुरस्कारसहितको ‘निर्वाचन र नेकपा एमाले’ शिर्शकमा टिकटक भिडियो कम्पीटिसन पनि सार्वजनिक गरिएको हो ।
प्रतियोगिताबारे राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको एनवाइएफ शर्ट मुभी प्रतियोगितामा जानकारी गराइएको छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी रहेको उक्त शर्ट मूभी प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रमपछि टिकटक प्रतियोगिताका बारेमा जानकारी दिइएको थियो ।
त्यसअघि अध्यक्ष ओलीले शर्ट मुभी प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । उक्त प्रतिस्पर्धामा प्रश्न भन्ने शर्ट मुभी उत्कृष्ट घोषित भएको छ ।
प्रतिस्पर्धाका उत्कृष्ट तीन लघु चलचित्र ‘प्रश्न’ ,‘एसओपि’ र ‘खाली शिशी’ ले क्रमशः रु दुई लाख पचास हजार ,एक लाख पाचास् हजार ,एक लाख, ट्रफि र प्रमाण पत्र प्राप्त गरेका थिए ।
उक्त अवसरमा समारोहमा नेपाली चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
उक्त प्रतियोगितामा नेपाल चलचित्र बिकास बोर्ड, मुल संयोजनकर्ता क्षितिज थेबे लगाएत अहोरात्र यस्लाई सफल बनाउन कृयाशिल संघका सम्पूर्ण नेता, कार्यकर्ता साथीहरु, संचारकर्मी साथीहरु, फोटो पत्रकार संघ लगायतको संयोजनकारी भूमिका रहेको थियो ।
उक्त अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय इन्चार्ज महेश बस्नेत, कलाकार करिश्मा मानन्धर, शिव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_o5EDA2mba8_bp2hpoxltzyvivuskw0opwcy9sd2tx0zfeutsn7wpk0zxnvqrlb5uwdren12.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_iBt8iLbPWE_nrhpvrfzlh5mmrrz4xpqwzqvm9vbkzvmuepk6uhm8y2xauukiioierwz7io1.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_MuIH8VSZ4D_fu7jcmtt9p1ifo7j4jpkenawatju0xfnfg0xk2mwaemelfcxfdph5wz09hpc.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_whdu2SMI7K_ep5cja3vhwaeqlm3stsd90lap5shnzse9tdf4g1l1apsesnfnt68vyndm7sq.jpg)
प्रतिक्रिया