एम्बाप्पेको गोल, पीएसजीलाई ११ अंकको अग्रता

Mbappe
पेरिस । युवा स्टार केलियन एम्बाप्पेको गोलसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा स्टेड ब्रेस्टलाई २–० ले पराजित गरेको छ । शनिबार राति भएको खेलमा केलियन एम्बाप्पे र थिलो केहरेरको गोलसँगै १५ औं जित निकालेको पीएसजीलले शीर्षस्थानमा ११ अंकको अग्रता बनायो ।
खेलको ३२औं मिनेटमा विजनाल्डुमको पासमा एम्बाप्पेले टोलीलाई अग्रता दिलाए । ५३औं मिनेटमा थिलोले नुनो मेन्डिसको पास सदुपयोग गर्दै २–० को सहज जित दिलाए । खेलमा पीएसजीका स्टार खेलाडी लियोनल मेस्सी र नेयमार भने खेलेका थिएनन् ।
जितसँगै पीएसजीले २१ खेलबाट ५० अंक बनाएको छ । ब्रेष्टको भने समान खेलबाट २५ अंक रहेको छ र १३ औं स्थानमा छ ।
%2520(34)_0dJTikUWe5_bguokh9wyxohfkdf9u8kwhjvphvkr5vgw5h5yjgrherkhgjdifumxuvflpti_jyhlb9taRh_eop3ducwicnonulmcb8zyxcr1f2ojygrntm0mwavdtw1b4k09bzgktfpd8h6.jpg)
वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

अमेरिकामा अर्का नेपाली मृत फेला

लुटपाटको क्रममा अमेरिकामा मुना पाण्डेको हत्या लुटपाटको क्रममा भएको खुलासा

अमेरिकामा मुना पाण्डेलाई गोली हानेका व्यक्तिको विवरण सार्बजनिक

अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

प्रतिक्रिया