२९५ को अन्तरसहित देउवाको अग्रता कायमै

matagana

काठमाडौं । कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले अग्रता बढाएका छन् ।

अहिलेसम्म २७७७ मत गनिसक्दा देउवाले १३१८ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १०२३ मत प्राप्त गरेका छन् ।

प्रकाशमान सिंहले २०५, विमलेन्द्र निधिले १६६ र कल्याण गुरुङले १२ मत प्राप्त गरेका छन् ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित