सिराहाबाट एकै दिन सात फरार अभियुक्त पक्राउ

सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहा र मातहतका चौकीहरुले विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सात जनालाई एकै दिन पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार सातै जनालाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ ।
कुटपिट तथा अङ्गभङ्ग मुद्दामा अदालतबाट दुई वर्ष कैद तथा रु एक लाख जरिवानाको सजाय पाएर फरार लक्ष्मीपुरपतारी गाउँपालिका–५ खरुकियाही निवासी ६० वर्षीय रामअशिष दास तत्मालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै नकबजनी चोरी मुद्दामा एक वर्ष कैद र रु चार लाख ९९ हजार ६०० जरिवानाको सजाय पाएर फरार लहान नगरपालिका–२० भवानीपुर कलाबन्जर निवासी ३४ वर्षीय परशुराम यादव, लेनदेन मुद्दामा दुई वर्ष कैद सजाय पाएका सुखीपुर नगरपालिका–५ निवासी ३८ वर्षीय कासिन्द्र यादव, लेनदेन बिगो मुद्दामा छ महिना कैद सजाय पाएर फरार सिरहा नगरपालिका–१२ गम्हरिया टोल निवासी ४५ वर्र्षीया अनितादेवी सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
त्यस्तै सवारी ज्यान मुद्दामा १५ दिन कैद र रु दुई हजार जरिवानाको सजाय पाएर फरार गोलबजार नगरपालिका–२ गुरुधाम निवासी ४१ वर्षीय रामकुमार मगर र सवारी ज्यान मुद्दामै आठ दिन कैद र रु दुई हजार जरिवानाको सजाय पाएर फरार सोही ठाउँका ३५ वर्षीय साजनकुमार लामा र जग्गा खिचोला मुद्दामा रु १३७ जरिवानाको सजाय पाएका औरही गाउँपालिका–२ निवासी ६७ वर्षीय जगदीश नायकलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।
पक्राउ परेका सातै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको छ । त्यस्तै झैझगडा तथा कुटपिट मुद्दाका फरार विष्णुपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय रामबाबु यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_o5EDA2mba8_bp2hpoxltzyvivuskw0opwcy9sd2tx0zfeutsn7wpk0zxnvqrlb5uwdren12.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_iBt8iLbPWE_nrhpvrfzlh5mmrrz4xpqwzqvm9vbkzvmuepk6uhm8y2xauukiioierwz7io1.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_rCZludivro_mblgoqwxyaifqqz145qne7sr3k8imxhluvscrjfrob7k7xbnahhlgrdeoxsh.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_whdu2SMI7K_ep5cja3vhwaeqlm3stsd90lap5shnzse9tdf4g1l1apsesnfnt68vyndm7sq.jpg)
प्रतिक्रिया